Blogger Widgets Blogspot Tutorial

Saturday, February 14, 2015

 philip kandel
दश वर्षभन्दा अघिको कुरा हो । म्याग्दीको राखु भगवती गाउँमा एक जना किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको गुनासो गर्दै भनेका थिए,  के गर्नु, घाटमा लगेको मुर्दा (लास) र बजारमा लगेको तरकारी फर्काउन भएन ।”
त्यसबेला बजारमा लगेपछि पसलेले जुन भाउमा किन्न खोज्छ त्यही भाउमा किसानले आफ्नो उत्पादन बेच्नु पथ्र्यो । नबेचे गाउँमै फर्काएर गाईवस्तुलाई ख्वाउनुपथ्र्यो । तर अहिले त्यही गाउँका किसानहर बजारमा तरकारी बेच्न जानुभन्दा पहिले पसलेसँग मोबाइल फोनमा कुरा गर्छन् । चित्तबुझ्दो मोल पाउने भए मात्रै बारीको तरकारी र फलफूल टिप्छन् ।

अहिले नेपालका गाउँगाउँमा किसान, मजदूर, विद्यार्थी, विदेशमा काम गर्न जानेहर सबैले मोबाइल फोनको उपयोग गरेर आफ्नो आम्दानी, व्यवसाय, शिक्षा र रोजगारीका अवसर बढाइरहेका छन् । गाउँका गरीबको जीवनमा मोबाइल फोन र डिजिटल प्रविधिले प्रभाव पारिरहेको छ र यो प्रभाव दिनदिनै बढिरहेको छ ।


No comments:

Post a Comment