फिलिप कँडेल [[PHiLIP kaNDEl]]
नमस्ते !! मेरो ब्लगको दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ ।
Sunday, June 5, 2016
New Style
Friday, September 25, 2015
Mission Impossible: Rogue Nation (2015) 400MB HDRip Dual Audio
Ratings: 7.7/10
Released On: 31 July 2015
Directed by: Christopher McQuarrie
Genre(s): Action, Adventure, Thriller
Star Cast: Tom Cruise, Rebecca Ferguson, Jeremy Renner
Download
Tuesday, September 1, 2015
APC Australia - August 2015
Thursday, July 23, 2015
Baahubali: The Beginning (2015) DVDScr 720P[Hindi-Telugu]
Ratings: 9.5/10
File Size: 2941MB
Released On: 10 July 2015
Directed By: S.S. Rajamouli
Genre(s): Action, Adventure, History
Movie Star Cast: Prabhas, Rana Daggubati,
Anushka Shetty
Synopsis: When Sanga and her husband, part of
File Size: 2941MB
Released On: 10 July 2015
Directed By: S.S. Rajamouli
Genre(s): Action, Adventure, History
Movie Star Cast: Prabhas, Rana Daggubati,
Anushka Shetty
Synopsis: When Sanga and her husband, part of
Friday, February 27, 2015
अब जापान पनि रु ५०००० मा जान पाइने भयो!!-फिलिप कंडेल
काठमाडौं : जापानले आफ्नो मुलुकमा लगेर तालिम नदिई सीधा उद्योगधन्दामा काम गर्न पाउने गरी पूर्णकालीन नेपाली कामदार लिने भएको छ। अहिलेसम्म प्रशिक्षार्थी कामदारमात्र लिँदै आएको जापानले नेपाल सरकारको अनुरोधपछि पूर्णकालीन कामदार लिने भएको हो।
प्रशिक्षार्थीका रूपमा गएका कामदारले जापानमा तालिमसँगै काम गर्नुपर्ने हुन्छ। औद्योगिक प्रशिक्षार्थीले पाउने तलबसुविधा न्यून छ। तर, कामदारका रूपमा गएकाले पाउने तलब तथा सुविधा बढी हुन्छ।
श्रम बजार प्रवद्र्धन गर्न श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको नेतृत्वमा केही दिनअघि जापान गएको नेपाली टोलीलाई जापान सरकारले प्रशिक्षार्थीसँगै पूर्णकालीन कामदार पनि लिने आश्वासन दिएको हो। नेपाली टोली स्वदेश फर्किसकेको छ।
टोलीमा श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटी, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलगायत सहभागी थिए।
सचिव शिवाकोटीले जापानले अबदेखि प्रशिक्षार्थीसहित पूर्णकालीन कामदार पनि लिने जानकारी दिए। सन् २०१६ देखि कामदार पठाउन सुरु गरिने उनले बताए।
२०२० मा जापानमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना हुने भएकाले त्यसका लागि नेपाली कामदार लिन जापान तयार भएको हो। जापानले विशेषगरी निर्माण क्षेत्रमा नेपाली कामदार लिनेछ।
केही वर्षअघि जापानमा आएको सुनामी र भूकम्पका कारण त्यहाँ पूर्वाधार क्षेत्रमा धेरै नोक्सान भएको छ। यसको पुनर्निर्माण तथा ओलम्पिक खेल आयोजनाको तयारीका लागि जापानलाई हजारौंको संख्यामा विदेशी कामदारको खाँचो छ।
आफ्नो देशमा दक्ष तथा अर्धदक्ष कामदार रहेकाले नेपाललाई प्राथमिकता दिन यहाँको सरकारले आग्रह गरेको हो। 'त्यसमा जापान सरकार पनि निकै सकारात्मक भयो', सचिव शिवाकोटीले भने। जापानले नेपाली कामदार लिने भने पनि संख्या भने निर्धारण गरेको छैन, आवश्यकताअनुसार लिनेछ।
हाल नेपालले जापान अन्तर्राष्ट्रिय तालिम समन्वय संस्था (जिट्को) मार्फत कामदार पठाउँदै आएको छ। यसरी जानेले जापानमा गएर तालिम लिने र औद्योगिक प्रशिक्षार्थीका रूपमा काम गर्नुपर्छ। जान जापानी भाषा सिक्नुपर्छ।
प्रशिक्षार्थी कामदारले अहिले मासिक न्यूनतम ५० हजार रुपैयाँ कमाइरहेका छन्। पूर्णकालीन कामदारको कमाइ प्रशिक्षार्थीको तुलनामा दोब्बर बढी हुनेछ।
यसबाहेक नेपालका उद्योग प्रतिष्ठानमा काम गरिरहेको हुनुपर्ने नियम छ। प्रशिक्षार्थी कामदारसँग म्यानपावर कम्पनीले ५० हजार रुपैयाँभन्दा बढी शुल्क लिन पाउँदैनन्। प्रशिक्षार्थी कामदार तीन वर्षसम्म जापानमा बस्न पाउँछन्।
त्यहाँबाट फर्किएर आएपछि पुन: नेपालका उद्योग प्रतिष्ठानमा काम गर्नुपर्छ। तर, यहाँबाटै पूरा समय काम गर्न भनेर पठाइने कामदारले भने यो प्रक्रिया पूरा गर्नुपर्दैन।
पूरा समय काम गर्न पाउने कामदारको कमाइ दोब्बर बढी हुनेछ। अहिले प्रशिक्षार्थी कामदारले मासिक न्यूनतम ५० हजार रुपैयाँ कमाइरहेका छन्। जापानले औद्योगिक प्रशिक्षार्थीका रूपमा गएका कामदारको पनि तलबसुविधा बढाउने आश्वासन दिएको छ। नेपालले औद्योगिक प्रशिक्षार्थी कामदारको तलब बढाउन आग्रह गर्दै आएको छ।
सरकारले म्यानपावर कम्पनीमार्फत नै जापानमा कामदार पठाउनेछ। म्यानपावर कम्पनीले भने जाने कामदारसँग लिन पाउने शुल्क निकै कम भएको भन्दै कामदार पठाउन चासो दिएका छैनन्। जापानसम्म गएर बजार प्रवर्द्धन गर्न लाखौं रुपैयाँ खर्च लाग्छ।
सरकारले तोकेको ५० हजार रुपैयाँमा कुनै पनि हालतमा कामदार पठाउन नसकिने म्यानपावर सञ्चालकको दाबी छ। 'मलेसिया जाने कामदारसँग ८० हजार रुपैयाँ लिने छुट दिइएको छ। त्यहाँ खासै बजार पनि प्रवद्र्धन गर्नुपर्दैन। तर, जापानमा जम्मा ५० हजार रुपैयाँमा कामदार पठाउन किन टाउको दुखाउने?', एक म्यानपावर व्यवसायीले अन्नपूर्णसँग भने।
जापानमा पूर्वाधारका अतिरिक्त होटेल, पर्यटन, कृषिलगायतका क्षेत्रमा नेपालीले काम गरिरहेका छन्। हाल जापानमा झन्डै १० हजार नेपाली कामदार छन्। पछिल्लो समय विद्यार्थी भिसामा जापान जानेको संख्या पनि बढ्दो क्रममा छ। मानवअधिकारको ग्यारेन्टी, खाडी र मलेसियाका तुलनामा काम गर्न सजिलो हुने भएकाले सरकारले जापानमा बजार प्रवर्द्धन गर्न खोजेको हो।
- See more at: http://annapurnapost.com/News.aspx/story/8025#sthash.ed5u4owT.dpufस्वार्थी मायालुको प्रेम
यो स्वार्थी संसारमा आफुलाई मात्रै किन घात भए जस्तो लाग्छ | किन किन चोट पर्दा आफुलाई मात्रै परे जस्तो लाग्छ | कत्रो बोझ खसे जस्तो लाग्छ उठ्नै नसक्ने गरि, के खस्यो यो कोमल तालु माथि ? कति सकोस यी बिचारहरु एउटा टाउको अनि त्यहाँ भित्र भएका दुइवटा दिमागले, खुशी त सबैले बाडीचुडी लिन्छन तर दुख? अह कोहि लिन मान्दैन | किन मानुन् पनि, म नै भए पनि स्वीकार गर्दिन थिए | कसैको खुशीमा हास्न सक्छु म पनि तर दुख पर्दा दुखी हुने रितिरिवाज जन्मैदेखि चलिआएन | हुन त समाजले नै अस्वीकारेको चलन म कसरी स्वीकार्न सक्छु र ? जीवन निरन्तर बगी रहेन क्रममा एक अनायासै घटना घट्न पो पुगेछ, जहाँ म चुर्लुम डुबेछु, निसासीन पुगेछु, स्वाछ हावाको त आशा पनि छैन | कता कता हलचल गर्दा म निसासीनबाट मुक्त भए | हुन पनि हो, कुनै पशुलाई मानिस जस्तो बोल्न सक्ने बनाउनु मेरो प्रयास ठुलो गल्ति थियो | पशु आखिर पशुमै सिमित हुदोरहेछ | भनौ एउटा गाईलाई एकपटक अर्काको बाली चोरेर खाने बनि भैसकेपछि त्यस गाईलाई त्यो बलि नचोरी चित्त नबुझ्ने रहेछ | एक पटक अर्काको भावना माथि गहिरो ठेस पुर्याउनेछ मानिसलाई के थाहा, भवनको कदर गर्नुपर्छ भन्ने, पटक पटक प्रहार गर्छ जहाँ ऊ आनन्दको सास फेर्न पुग्छ | मानिस भए पो थाहा हुन्छ उसलाई अर्काको विश्वासलाई विश्वासघात गर्दा मन कति टुक्रामा टुक्रिन पुग्छ भनेर त्यो एउटा सिसाको गिलास फुटेर चक्नाचुर हुन्छ र मानिसले त्यस टुक्रेको गिलासलाई जोड्न खोज्नु कति सम्मको मुर्खता होला | त्यस्तै त्यो कोमल मनलाई पनि टुक्रा-टुक्रा परेर जोड्न खोज्नु, “कालिदास” महामुर्खमा गनिन्थ्ये, रुखको टुप्पोमा बसेर फेद ढाले जस्तै त्यो टुक्रेको मनलाई जोड्नु महामुर्खाता बाहेक अरु केहि छैन | कति मुर्ख बन्दा रहेछन त्यो अर्काको शारीरिक मायामा फसेपछि, म कल्पना पनि गर्न सक्दिन कि जीवनमा यस्तो मोड पनि आउदो रहेछ | जिउदो लास भएर बाच्नु पर्ने दिन पनि आउदो रहेछ, जहाँ मान्छेको सास त छ तर सास संरक्षण गर्न संरक्षक नै नभए पछी | कति विश्वास गर्छन है मानिसहरु त्यो बनावटी मायामा; त्यो स्वाछ, निस्वार्थ अनि पबित्र मायालाई माटोमुनी गाडेर त्यही माटो माथि हिड्दाको मज्जा त अर्कै आउछ नी हैन ? सायद त्यस्तो आनन्द त स्वर्गको राजा इन्द्रलाई पनि थिएन होला | हुन त सत्यकुरा जहिले तितो नै हुने गर्दछ | जहाँ असल मानिसको बास हुछ त्यहाँ कुनै विकास, उन्नति र प्रगति हुदैन रे २१ओं सताब्दीका भलादमीहरु बस्दछन् त्यहाँ अनेकौं विकास, उन्नति र प्रगति निश्चिय हुन्छ रे | के यी कुराहरु सत्य हुन् ? याद बोकेर पागल हुदै सज्जन हुदै; आफै बिस पिउदै बैधकोमा जादै उपचार गर्दै निको हुनु बाहेक यो जीवनमा अरु विकल्प के नै होला र ? के गर्नु हजुर २१ओं सताब्दीका भलादमीहरु चालचलन, ब्यवाहार, माया गर्ने तरिका अनि अरुको मुटुमा छुरा खोप्ने रोपेर आफु स्वच्छ हावामा आनन्दसंग निदाउनेहरु यस्तै हुदा रहेछन | राम्रा भनिएका भलादमीहरु यस्ता रहेछन यस्तो मानिसले अरुलाई चोट दिएर आनन्द लिदा रहेछन | हुन त जिन्दगी भनेको सुख र दुखको मेल भन्छन | जीवनमा दुख आएन भने के जिन्दगी र ? जीवनमा चोट आएन भने के जिन्दगी र ? जीवनमा आशु पाएन भने के जिन्दगी र ? मानिसले दुख पाएन भने अर्काको भावना कसरी बुझ्ने ? कसरी अर्काको भावनाको कदर गर्ने ?सम्मान गर्ने ? कि ऊ जहिले अर्काको दुखमा रमाउन सकोस अनि आनन्दको सास फेर्न सकोस | यो जिन्दगीमा यी भलादमीहरु भन्छु किन तिमिहरुको सोच यति निच भएको के तिमिहरुले अरुको भावना बुझ्न सक्दैनौ | हे भलादमीहरु हो शारीरिक मायामा नफस समयले तिमीहरुलाई छिटै घात गर्ने छ | अनि बुझ अरुको मायालाई | भनेर त क लाग्ला र तिमीहरुलाई, अचेलक भलादमीहरुको मुखमा राम-राम बगलीमा छुरा हुन्छ |
के यस्तै हुन्छ माया ?
जिन्दगीमा पीडाहारु पनि असहिय पाइदो रहेछ | आफ्नै मन, मस्तिष्क अनि आफ्नो सरिरले थाम्न नसक्ने गरि पनि | कहिले आफ्नो रगतको नाताले पनि घात गर्छन त कहिले रगतको नाताभन्दा बाहिरको मानिसले नै | झन् जोडेका नाता तोड्नेहरुले त मुटुमा बज्रपातनै खसाउछन् | लाग्छ घरि-घरि संसारको कुनै मानिस भन्ने प्राणीसंगको नाता सधै सधैको लागि त्यगी दिऊ तर फेरी सोच्छु, अह हुदैन मैले छोटो बुद्धि गर्नु हुदैन | जिन्दगीमा यति घात, पीडा अनि आशु नपाए के जिन्दगी र ? सधै सधै खुशी हासो र मोजमस्तीमा रमाउने मानिसलाई के थाहा दुख, पीडा अनि धोकाको अनुभूति | जब तिनीहरुलाई दुख पर्छ, त्यतिखेर उनीहरु बाच्न सक्दैनन् र आत्महत्या गर्न पनि पछी पर्दैनन् | दुख पाई राख्नेहरुलाई मर्न भन्दा बाच्न ग्राहो हुन्छ | यो कुरा सत्य नै हो मानब जीवनको मरण एक दिन निश्चित छ तर मानिसहरु किन स्वार्थी बन्दै गइरहेका छन् | जाबो एक गास मिठो खान र एक सरो राम्रो लाउनलाई किन यत्रो इनाम चुकाइ रहेका छन् | धन, रुप, मोज, मस्ती, यी सब के हो ? यति हो जिन्दगी ? अहिलेको समयमा मानिसहरुलाई किन साचो मायाको खाचो छैन | किन पबित्र मायालाई माटो मुनि लत्याएर हिड्छन् | हुनत अचानोको पीडा खुकुरीलाई कहाँ थाहा हुन्छ र | यो युग नै स्वार्थी युग भएपछी यहाँ पाप, धर्म, माया, घ्रीणा, जन्म, मृत्यु त सामान्य नै भइसक्यो | आफ्नो मानो भर्न पाए पछी कसलाई कस्को वास्ता छ र ? …………………
ती गहिरा चोटहरुले पोल्ने मुटु पनि दबाएर हिड्नुपर्छ जिन्दगीको गोरेटोमा अनि मात्र जिउन सकिन्छ | नभए खाली पिडा, घात अनि छलकपट मात्रै पाइन्छ | माया भन्ने चिज पनि कस्तो कसैलाई मिलन रे कसैलाई बिछोड | मिलन हुन्छ आजकलको मायामा, कसैलाई धन, सम्पति अनि रुपको कारणले अनि बिछोड हुन्छ यसकारण मायामा….. धन नभएर, रुप नभएर अनि मायाको मुल्य नबुझेर | मार्छ मायाले मान्छेलाई मार्छ, खरानी पार्छ | नझरेको पात पनि रुखबाट झर्दिन्छ अनि उडाएर लान्छ खोजेर पनि भेट्न गाह्रो छ, यो माया भन्ने शब्द | माया पीडा हो ? माया मानिसलाई पशु बनाउने तरिका हो ? कि माया त्याग हो ? जे भएपनि अरुको मनलाई टुक्रा-टुक्रा पारेर बाच्ने मानिस सयौ सयौ वर्ष बाच्छन् भन्ने छैन |
Subscribe to:
Posts (Atom)