
तपाईलाई आइफोन किन्न मन लागेको होस या त विहान बेलुकी खानाको लागि चाहिने सब्जी। खुवासभामा फल्ने रुद्धाक्ष किन्नुहोस या त दशैको बेला नया नयाँ लुगाहरु। क्यालिफोनिर्यामा लन्च हुने आइफोन देखि घरघरमा नभइनहुने सब्जी र खाद्यान्यको सामान किन्नलाई अब बजार बजार धाइ रहनु पर्दैन। इन्टरनेट वा मोवाइलमा क्लिक गरेर पेमेन्ट गरेको भरमा घरमै तुरुन्त सामान आइपुग्छ यो समयमा। यो कुने अमेरिका या बेलायतका कुरा होइन, हाम्रै देश नेपालमा पनि यि कुराहरु सम्भव भएको छ। जसलाई हामी अनलाइन सपिङ भनेर बुझ्दछौ, अझ व्यपाक रुपमा बुझ्ने हो भने इ कमर्श। इ कमर्शकै विषयमा लिभिङ विथ आइसिटीमा विशेष रिपोर्ट तयार पारेका छौ। शैलेश ज्ञवालीको सहयोगमा प्रस्तुत छ, राजन लम्सालको रिपोर्ट।
इलेक्टेनिक डिभास तथा यससंघ सम्बंधित सेवाहरुको सर्बसुलबतासंगै मानिसहरुमा यसको चासो र यसको प्रयोगमा ब्यापकता छाउदै गएको छ। घर मै बसी बसी यदी कुनै सामान खरीद विक्री गर्न सकिन्छ भने किन बजारसम्म जाने दुःख भोगी राख्ने ? हामी आम जनमानसमा समयको महत्व अति नै छ , यसैले बिकासको छेत्रमा अलग पहिचान भएको सूचना प्रबिधिद्वारा उपलब्ध सेवा प्रयोग गर्न हामी किन हिच्किचाउँने? हामी घर मै बसी बसी बिश्व बजारबाट आफुलाई चाहिने र आफुले चाहेका सरसामन खरीद बिक्री गर्न सकिन्छ र यसबाट पर्याप्त मात्रामा सन्तुष्टी लिन सकिन्छ भने यसको प्रयोग गर्न पछि पर्न हुत्र भत्रे सोच आजकलका युवा पीढीमा बढिरहेको हेर्न पाइन्छ।
सन् १९७१ मा कम्प्युटर इन्जिनियर रये तोम्लिन्सन पहिलोपटक इमेल पठाएका थिए। उनले इमेलमा प्रयोग गर्ने २ को विकास गरे। त्यसको एक दशकपछि सन् १९८२ मा टीसीपी र आइपीको कन्सेप्ट सुरु भयो, जसले कम्युटरलाई नेटवर्कमा जोड्न सुरु गर्यो। त्यसको दुई दशकपछि सन् १९९० तिर सर्वसाधारणले इन्टरनेटको प्रयोग गर्न थाले। सन् १९८९मा डब्ल्यु डब्ल्यु डब्ल्युको विकास भएपछि इन्टरनेटमा वेबसाइटहरु निर्माण हुन थाले। सन् १९९३ देखि विश्वमा इन्टरनेट र इमेल प्रयोग ह्वात्तै बढ्यो । नेपालमा यसको वर्षदिन पछि नै मर्कन्टाइल कम्युनिकेशनले इन्टरनेट सुरु गरेको थियो । मर्कन्टाइलपछि वल्डलिंक हुदै अन्य आइएसपीहरु आए। नेपाल टेलिकम र एनसेलले पनि डाटा प्याकेज विस्तार गरे। त्यसपछि नै नेपालीहरु पनि इन्टरनेटको जालोमा झागिदै गए। आइटियूको रिपोर्टमा सन् २०१३ को मध्यसम्ममा २ अर्ब ७० करोड बढि मानिसहरु इन्टरनेटमा आवद्ध छन। मोवाइलको कुरा गर्ने हो भने यो सख्या ३ गुणाले बढी छ। ६ अर्ब ८० करोड मानिसहरु मोवाइल प्रयोग गर्छन। यो तथ्यांक हेदा विकसित देशहरुमा हरेक मानिससँग एक भन्दा बढि मोवाइल छ। विकसित देशमा १ सय २८ प्रतिशत मोवाइल प्रयोगकर्ताको रेसियो छ भने बिकसन्मुख देशहरुमा ८९ प्रतिशत।
सन् २०१२ अप्रिल १५ तारिखमा विश्वभर डट कम सुरुवात भएको २७ औ वर्ष मनाइयो । सन् १९८५ मार्च १५ तारिखका दिन Symbolics.com नामक वेबसाइट दर्ता भएको थियो। सन् २०१२ अक्टुबर सम्मको तथ्यांक हेर्ने हो भने विश्वमा ४६ करोड ६० हजार डोमेन दर्ता भइसकेका छन् । इन्टरनेट र वेबसाइटको सुरु भएदेखि मानिसहरु इन्टरनेटको जालोमा झुम्मिएर रमाउन थाले। सुरु सुरुमा इन्टरनेटमा इमेल पठाउने र केहि जानकारी दिने वेबसाइटहरु मात्र थिए । तर विगत एक दशकदेखि विश्वमा इन्टरनेटको बजार बढेको बढ्यै छ। इन्टरनेटबाट नै कारोबार हुन थालेको छ । इ कमर्सको अवधारणा यहि इन्टरनेटबाट सुरु भयो र अहिले करोडौ मानिसहरु यसमा प्रत्यक्ष संलग्न छन्। विकसित देशमा ई कमर्शको अवधारणा इन्टरनेटको किासक्रमसँगै सुरु भएको थियो । नेपालमा भने सन् २००० देखि ठमेल डट कमले विदेशमा बस्ने नेपालीहरुको लागि लक्षित गरेर अनलाइन कारोबारको अवधारणा सुरु गरेको थियो । त्यपछि मुन्चा डट लगायतका साइटहरुले अनलाइन व्यपारलाइ विस्तार गर्दै लगे।

साधारणयता यस्तै सरसामन तथा सेवाहरु इन्टरनेटको प्रयोगद्वारा खरीद बिक्री गरिन्छ भने यसलाई इलेक्ट्रोनिक कमर्स वा इकमर्स भनिन्छ। इलेक्ट्रोनिक रकम आदन प्रदान,ईन्टरनेट मार्केटिङ,अनलाईन ट्रान्जेसन,इलेक्ट्रोनिक डाटा साटासाट तथा स्वतः रूपमा डाटाको संकलन आदि इकमर्स भित्र पर्न आउँछन्। बर्तमान समयमा वोलर्ड् वाइड वेबद्वारा इकमर्स प्रयोग हुन्छ जसमा कम्प्युटर,मोबाईल,इमेल,टेलीफोन आदिको प्रयोग गरिन्छ। साधारणयता इकमर्सलाई इबीजनेस वा अनलाइन बिजनेश पनि भत्र सकिन्छ।
सन १९७० को दसकमा बिजनेस कागजातहरू पठाउन तथा प्राप्त गर्न इलेक्ट्रोनिक डाटा इन्टेरचेन्ज र इलेक्ट्रोनिक रकम सार्न प्रयोग गर्ने टेक्नोलोजीलाई इकमर्स सुरुवात चरण भने पनि आज निकै बिकसित भइरहेको छ। सन १९८० को दसकमा क्रेडिट कार्ड, ATM तथा टेलिफोन बैंकीङको सुरुवात नै इकमर्सको सुरुवात मात्र सकिन्छ। वेब ब्राउजर निर्वाण भएको करिब १० बर्ष पछी सन २००० मा अमेरिकन तथा यूरोपियन बिजनेस कम्पनीहरूले ईन्टरनेटद्वारा सेवा सुबिधा दिन थालेका हून। यससघै सुरक्षीत प्रोटोकल की SSL द्वारा ईन्टरनेटमा बिभित्र सरसामान खरिद बिक्री सुरु भएको हो। इकमर्सको ह्वात्तै बृदि सघै बिजनेस मोडलमा ब्यापक परिवर्तन् आएको छ । यो हाल समयमा अमेरिकामा मात्र सिमित नभएर विश्वमा नै फैलिएको छ । उदाहरणको लागि बेलायतको इकमर्स बजेट विश्वमा नै उच्च स्थानमा रहेको छ ।
आजको बर्तमान समयमा इकमर्स ब्यापारमा मात्र सहज भएको छैन् ,यसले मानिसहरूमा सरसामनको बिवरण र मुल्य जम्मा गर्न तथा यसको तुलना गर्न सजिलो बनाइदिएको छ। अमेरिकाको प्रसिद्द विश्व बिद्यालय युनिभर्सिटी अफ सिकागोको अनुसन्धानले इकमर्स सबै भन्दा बढी प्रयोग किताब पसल तथा टवेल एजेन्सीमा भएको बताएको छ। ईन्टरनेटद्वारा सरसामन वक्रेताहरूले धेरै बिवरण जम्मा गर्न सक्ने भएकोले बिक्रेताहरुमा धेरै प्रतिस्पर्धा बढीरहेको छ। विश्वमा नाम कहलिएको र धेरै फाईदा गर्ने इकमर्स वेबसाईट हरुमा इ बे डट कम , अमेजोन डट कम, बिजनेस डट कम ,अलिबाबा ग्रुप (चिन), जप्पोस डट कम , डाइपोर्स डट कम आदि रहेका छन्।
इ कमर्शका केही फाइदाहरु
- कागजी कामको निम्न प्रयोग, जनसक्ति कम चाहिने हुनाले लागतमा कमी हुन्छ ।
- समयको बचत,थोरै समयमा छात्र तथा कित्र सकिन्छ।
- विक्रेताहरूसंघ राम्रोसंघ अनलाइनमा बातचित गर्न सकिने हुनाले राम्रोसंघ ब्यवस्थापन गर्न सकिन्छ र ग्राहकहरूसंघ सुमधुर सम्बन्ध राख्न सकिन्छ।
- ग्राहकहरूसंघ सुमधुर सम्बन्ध बनाउन सकिने हुनाले प्रतिस्पर्धामा अगाडि आउन सकिन्छ।
- ईन्टरनेटको प्रयोगले नयाँ बजारमा सजिलै उत्रिन सकिन्छ ।
बिजनेस टू कोन्जुमर (B2C) तथा बिजनेस टू बिजनेस(B2B) गरि इकमर्सलाई २ किसिममा बाड्न सकिन्छ। कुनै पनि ईन्टरनेट बिजनेस कम्पनीद्वारा ग्राहकहरूलाई सरसामन बेच्ने प्रक्रियालाइ B2C इकमर्स भनिन्छ। अमेजोन डट कम, इ बे डट कम हरू यसको प्रमुख उदाहरण हून। बिशेष गरेर सफ्ट्वेर सिडि,किताबहरू,इलेक्ट्रोनिक समान आदि समानहरू यसअन्तर गतको इकमर्स मा पर्दछन।
नेपालमा ई(कर्मसको सुरुवात भइसकेको छ। कुनै पनि अनलाइन आर्थिक कारोबार नै ई ( कमर्स हो। सन् २०१० देखि नेपालमा ई (कमर्सको अवधारणा अघि बढ्यो। नेपालमा भइरहेको अनलाइन सपिङलाई पनि ई (कमर्सको अवधारणा नै हो। ई(कमर्सको अवधारणा सुरु हुनु आपफैमा राम्रो पक्ष त हो नै तरपनि यसमा केहि समस्याहरु रहेका छन्। सरकारको स्पस्ट नीतिको अभाव यस पक्षमा पनि छ। क्लियरिङ हाउसको विकास हुन नसक्नाले ई (कमर्सको सस्थागत विकास हुन सकेको छैन। अन्तराष्ट्रिय अनलाइन व्यपार तथा आउटसोसिङमा पेमेन्ट गेटवेको समस्या रहेको छ।
अनलाइन सपिङ साइटहरु आ आफ्नै ढंगले चलिरहेको अवस्था छ। यसलाई मोनिटरिङ गर्ने निकायको पनि अभाव छ। हाल नेपालमा जिपिआरएस सहित लगभग ७० लाख मानिसहरु इन्टरनेटको प्रयोग गर्दछन्। तरपनि अझै अधिकांश मानिसहरुमा इन्टरनेटको पहुच पुग्न सकेको छैन र जनचेतनाको अभावमा धेरै अनविज्ञ छन्। डिजिटल डिभाइडको बढ्दो ग्यापले अर्कोतर्फ समस्या सृजना भइरहेको छ। तरपनि, ई कमर्श सम्भावना बढेर गएको छे। अब यसलाई सहि व्यवस्थापन गर्दै सस्थागतरुपमा ई ( कमर्सलाइ अघि बढाउनु आवश्यक छ। अबको भर्चुअल टाइममा फेसबुक , ट्विटर , मिगमा लठिठरहेका अहिलेका युवापुस्तालाई अनलाइन सपिङले नतान्ने कुरै छैन।
नेपालमा ई(कर्मसको सुरुवात भइसकेको छ। कुनै पनि अनलाइन आर्थिक कारोबार नै ई ( कमर्स हो। सन् २०१० देखि नेपालमा ई (कमर्सको अवधारणा अघि बढ्यो। नेपालमा भइरहेको अनलाइन सपिङलाई पनि ई (कमर्सको अवधारणा नै हो। ई(कमर्सको अवधारणा सुरु हुनु आपफैमा राम्रो पक्ष त हो नै तरपनि यसमा केहि समस्याहरु रहेका छन्। सरकारको स्पस्ट नीतिको अभाव यस पक्षमा पनि छ। क्लियरिङ हाउसको विकास हुन नसक्नाले ई (कमर्सको सस्थागत विकास हुन सकेको छैन। अन्तराष्ट्रिय अनलाइन व्यपार तथा आउटसोसिङमा पेमेन्ट गेटवेको समस्या रहेको छ।
अनलाइन सपिङ साइटहरु आ आफ्नै ढंगले चलिरहेको अवस्था छ। यसलाई मोनिटरिङ गर्ने निकायको पनि अभाव छ। हाल नेपालमा जिपिआरएस सहित लगभग ७० लाख मानिसहरु इन्टरनेटको प्रयोग गर्दछन्। तरपनि अझै अधिकांश मानिसहरुमा इन्टरनेटको पहुच पुग्न सकेको छैन र जनचेतनाको अभावमा धेरै अनविज्ञ छन्। डिजिटल डिभाइडको बढ्दो ग्यापले अर्कोतर्फ समस्या सृजना भइरहेको छ। तरपनि, ई कमर्श सम्भावना बढेर गएको छे। अब यसलाई सहि व्यवस्थापन गर्दै सस्थागतरुपमा ई ( कमर्सलाइ अघि बढाउनु आवश्यक छ। अबको भर्चुअल टाइममा फेसबुक , ट्विटर , मिगमा लठिठरहेका अहिलेका युवापुस्तालाई अनलाइन सपिङले नतान्ने कुरै छैन।














