Blogger Widgets Blogspot Tutorial

Friday, May 16, 2014

इकमर्शको फैलदो जालो; नेपालमा समेत प्रभाव

ecommerce
तपाईलाई आइफोन किन्न मन लागेको होस या त विहान बेलुकी खानाको लागि चाहिने सब्जी। खुवासभामा फल्ने रुद्धाक्ष किन्नुहोस या त दशैको बेला नया नयाँ लुगाहरु। क्यालिफोनिर्यामा लन्च हुने आइफोन देखि घरघरमा नभइनहुने सब्जी र खाद्यान्यको सामान किन्नलाई अब बजार बजार धाइ रहनु पर्दैन। इन्टरनेट वा मोवाइलमा क्लिक गरेर पेमेन्ट गरेको भरमा घरमै तुरुन्त सामान आइपुग्छ यो समयमा। यो कुने अमेरिका या बेलायतका कुरा होइन, हाम्रै देश नेपालमा पनि यि कुराहरु सम्भव भएको छ। जसलाई हामी अनलाइन सपिङ भनेर बुझ्दछौ, अझ व्यपाक रुपमा बुझ्ने हो भने इ कमर्श। इ कमर्शकै विषयमा लिभिङ विथ आइसिटीमा विशेष रिपोर्ट तयार पारेका छौ। शैलेश ज्ञवालीको सहयोगमा प्रस्तुत छ, राजन लम्सालको रिपोर्ट।
इलेक्टेनिक डिभास तथा यससंघ सम्बंधित सेवाहरुको सर्बसुलबतासंगै मानिसहरुमा यसको चासो र यसको प्रयोगमा ब्यापकता छाउदै गएको छ। घर मै बसी बसी यदी कुनै सामान खरीद विक्री गर्न सकिन्छ भने किन बजारसम्म जाने दुःख भोगी राख्ने ? हामी आम जनमानसमा समयको महत्व अति नै छ , यसैले बिकासको छेत्रमा अलग पहिचान भएको सूचना प्रबिधिद्वारा उपलब्ध सेवा प्रयोग गर्न हामी किन हिच्किचाउँने? हामी घर मै बसी बसी बिश्व  बजारबाट आफुलाई चाहिने र आफुले चाहेका सर­सामन खरीद बिक्री गर्न  सकिन्छ र यसबाट पर्याप्त मात्रामा  सन्तुष्टी लिन सकिन्छ भने यसको  प्रयोग गर्न पछि पर्न हुत्र भत्रे सोच आजकलका युवा पीढीमा बढिरहेको हेर्न पाइन्छ।
सन् १९७१ मा कम्प्युटर इन्जिनियर रये तोम्लिन्सन पहिलोपटक इमेल पठाएका थिए। उनले इमेलमा प्रयोग गर्ने २ को विकास गरे। त्यसको एक दशकपछि सन् १९८२ मा  टीसीपी र आइपीको कन्सेप्ट सुरु भयो, जसले कम्युटरलाई नेटवर्कमा जोड्न सुरु गर्यो। त्यसको दुई दशकपछि  सन् १९९० तिर  सर्वसाधारणले इन्टरनेटको प्रयोग गर्न थाले। सन् १९८९मा  डब्ल्यु डब्ल्यु डब्ल्युको विकास भएपछि इन्टरनेटमा वेबसाइटहरु निर्माण हुन थाले। सन् १९९३ देखि विश्वमा इन्टरनेट र इमेल प्रयोग ह्वात्तै बढ्यो । नेपालमा यसको वर्षदिन पछि नै मर्कन्टाइल कम्युनिकेशनले इन्टरनेट सुरु गरेको थियो । मर्कन्टाइलपछि वल्डलिंक हुदै अन्य आइएसपीहरु आए। नेपाल टेलिकम र एनसेलले पनि डाटा प्याकेज विस्तार गरे। त्यसपछि नै नेपालीहरु पनि इन्टरनेटको जालोमा झागिदै गए। आइटियूको रिपोर्टमा सन् २०१३ को मध्यसम्ममा २ अर्ब ७० करोड बढि मानिसहरु इन्टरनेटमा आवद्ध छन। मोवाइलको कुरा गर्ने हो भने यो सख्या ३ गुणाले बढी छ। ६ अर्ब ८० करोड मानिसहरु मोवाइल प्रयोग गर्छन। यो तथ्यांक हेदा विकसित देशहरुमा हरेक मानिससँग एक भन्दा बढि मोवाइल छ। विकसित देशमा १ सय २८ प्रतिशत मोवाइल प्रयोगकर्ताको रेसियो छ भने बिकसन्मुख देशहरुमा ८९ प्रतिशत।
buying-online-ecommerce
सन् २०१२ अप्रिल १५ तारिखमा विश्वभर डट कम सुरुवात भएको २७ औ वर्ष मनाइयो । सन् १९८५ मार्च १५ तारिखका दिन Symbolics.com नामक वेबसाइट दर्ता भएको थियो। सन् २०१२ अक्टुबर सम्मको तथ्यांक हेर्ने हो भने विश्वमा ४६ करोड ६० हजार डोमेन दर्ता भइसकेका छन् । इन्टरनेट र वेबसाइटको सुरु भएदेखि मानिसहरु इन्टरनेटको जालोमा झुम्मिएर रमाउन थाले। सुरु सुरुमा इन्टरनेटमा इमेल पठाउने र केहि जानकारी दिने वेबसाइटहरु मात्र थिए । तर विगत एक दशकदेखि विश्वमा इन्टरनेटको बजार बढेको बढ्यै छ। इन्टरनेटबाट नै कारोबार हुन थालेको छ । इ कमर्सको अवधारणा यहि इन्टरनेटबाट सुरु भयो र अहिले करोडौ मानिसहरु यसमा प्रत्यक्ष संलग्न छन्। विकसित देशमा ई कमर्शको अवधारणा इन्टरनेटको किासक्रमसँगै सुरु भएको थियो । नेपालमा भने सन् २००० देखि ठमेल डट कमले विदेशमा बस्ने नेपालीहरुको लागि लक्षित गरेर अनलाइन कारोबारको अवधारणा सुरु गरेको थियो । त्यपछि मुन्चा डट लगायतका साइटहरुले अनलाइन व्यपारलाइ विस्तार गर्दै लगे।
E-commerce
साधारणयता  यस्तै सर­सामन तथा सेवाहरु इन्टरनेटको प्रयोगद्वारा खरीद बिक्री गरिन्छ भने यसलाई इलेक्ट्रोनिक कमर्स वा इ­कमर्स भनिन्छ। इलेक्ट्रोनिक रकम आदन प्रदान,ईन्टरनेट मार्केटिङ,अनलाईन ट्रान्जेसन,इलेक्ट्रोनिक डाटा साटासाट तथा स्वतः रूपमा डाटाको संकलन आदि इ­कमर्स भित्र पर्न  आउँछन्। बर्तमान समयमा वोलर्ड् वाइड वेबद्वारा इ­कमर्स प्रयोग हुन्छ जसमा  कम्प्युटर,मोबाईल,इ­मेल,टेलीफोन आदिको प्रयोग गरिन्छ। साधारणयता इ­कमर्सलाई इ­बीजनेस वा अनलाइन बिजनेश पनि भत्र सकिन्छ। commerceसन  १९७० को  दसकमा  बिजनेस कागजातहरू पठाउन तथा प्राप्त गर्न इलेक्ट्रोनिक डाटा इन्टेरचेन्ज र इलेक्ट्रोनिक रकम सार्न प्रयोग गर्ने टेक्नोलोजीलाई इ­कमर्स सुरुवात चरण भने पनि आज निकै बिकसित भइरहेको छ।  सन १९८० को दसकमा क्रेडिट कार्ड, ATM तथा टेलिफोन बैंकीङको सुरुवात नै इ­कमर्सको सुरुवात मात्र सकिन्छ। वेब  ब्राउजर निर्वाण भएको करिब १० बर्ष पछी सन २००० मा अमेरिकन तथा यूरोपियन बिजनेस कम्पनीहरूले ईन्टरनेटद्वारा सेवा सुबिधा दिन थालेका हून।  यससघै सुरक्षीत प्रोटोकल की SSL द्वारा ईन्टरनेटमा बिभित्र सर­सामान खरिद बिक्री सुरु भएको  हो। इ­कमर्सको ह्वात्तै बृदि सघै बिजनेस मोडलमा ब्यापक परिवर्तन् आएको छ । यो हाल समयमा अमेरिकामा मात्र सिमित नभएर विश्वमा नै फैलिएको छ । उदाहरणको लागि बेलायतको इ­कमर्स बजेट विश्वमा नै उच्च स्थानमा रहेको छ ।
Untitled-1
आजको बर्तमान समयमा इ­कमर्स ब्यापारमा मात्र सहज भएको छैन् ,यसले मानिसहरूमा सर­सामनको बिवरण र मुल्य जम्मा गर्न तथा यसको तुलना गर्न सजिलो बनाइदिएको छ। अमेरिकाको प्रसिद्द विश्व बिद्यालय युनिभर्सिटी अफ सिकागोको  अनुसन्धानले इ­कमर्स सबै भन्दा बढी प्रयोग किताब पसल तथा  टवेल एजेन्सीमा भएको बताएको छ। ईन्टरनेटद्वारा सर­सामन वक्रेताहरूले धेरै बिवरण जम्मा गर्न सक्ने भएकोले बिक्रेताहरुमा धेरै प्रतिस्पर्धा बढीरहेको छ। विश्वमा नाम कहलिएको र  धेरै फाईदा गर्ने इ­कमर्स वेबसाईट हरुमा  इ बे डट कम , अमेजोन डट कम, बिजनेस डट कम ,अलिबाबा ग्रुप (चिन), जप्पोस डट कम , डाइपोर्स डट कम आदि  रहेका  छन्।

इ कमर्शका केही फाइदाहरु

  • ­ कागजी कामको निम्न प्रयोग, जनसक्ति कम चाहिने हुनाले लागतमा कमी हुन्छ ।
  • ­ समयको बचत,थोरै समयमा छात्र तथा कित्र  सकिन्छ।
  • ­ विक्रेताहरूसंघ राम्रोसंघ अनलाइनमा बातचित गर्न सकिने हुनाले राम्रोसंघ ब्यवस्थापन गर्न सकिन्छ र ग्राहकहरूसंघ सुमधुर सम्बन्ध राख्न सकिन्छ।
  • ­ ग्राहकहरूसंघ सुमधुर सम्बन्ध बनाउन सकिने हुनाले प्रतिस्पर्धामा अगाडि आउन सकिन्छ।
  • ­ ईन्टरनेटको प्रयोगले नयाँ बजारमा सजिलै उत्रिन सकिन्छ ।
बिजनेस टू  कोन्जुमर (B2C) तथा  बिजनेस टू बिजनेस(B2B) गरि इ­कमर्सलाई २ किसिममा बाड्न सकिन्छ। कुनै पनि ईन्टरनेट बिजनेस कम्पनीद्वारा ग्राहकहरूलाई सर­सामन बेच्ने प्रक्रियालाइ B2C इ­कमर्स भनिन्छ। अमेजोन डट कम, इ बे  डट कम हरू यसको  प्रमुख उदाहरण हून। बिशेष गरेर सफ्ट्वेर सिडि,किताबहरू,इलेक्ट्रोनिक समान आदि समानहरू यसअन्तर गतको इ­कमर्स मा पर्दछन।eCommerce2नेपालमा ई(कर्मसको सुरुवात भइसकेको छ। कुनै पनि अनलाइन आर्थिक कारोबार नै ई ( कमर्स हो। सन् २०१० देखि नेपालमा ई (कमर्सको अवधारणा अघि बढ्यो। नेपालमा भइरहेको अनलाइन सपिङलाई पनि ई (कमर्सको अवधारणा नै हो। ई(कमर्सको अवधारणा सुरु हुनु आपफैमा राम्रो पक्ष त हो नै तरपनि यसमा केहि समस्याहरु रहेका छन्। सरकारको स्पस्ट नीतिको अभाव यस पक्षमा पनि छ। क्लियरिङ हाउसको विकास हुन नसक्नाले ई (कमर्सको सस्थागत विकास हुन सकेको छैन। अन्तराष्ट्रिय अनलाइन व्यपार तथा आउटसोसिङमा पेमेन्ट गेटवेको समस्या रहेको छ।onlineअनलाइन सपिङ साइटहरु आ आफ्नै ढंगले चलिरहेको अवस्था छ। यसलाई मोनिटरिङ गर्ने निकायको पनि अभाव छ। हाल नेपालमा जिपिआरएस सहित लगभग ७० लाख मानिसहरु इन्टरनेटको प्रयोग गर्दछन्। तरपनि अझै अधिकांश मानिसहरुमा इन्टरनेटको पहुच पुग्न सकेको छैन र जनचेतनाको अभावमा धेरै अनविज्ञ छन्। डिजिटल डिभाइडको बढ्दो ग्यापले अर्कोतर्फ समस्या सृजना भइरहेको छ। तरपनि, ई कमर्श सम्भावना बढेर गएको छे। अब यसलाई सहि व्यवस्थापन गर्दै सस्थागतरुपमा ई ( कमर्सलाइ अघि बढाउनु आवश्यक छ। अबको भर्चुअल टाइममा फेसबुक , ट्विटर , मिगमा लठिठरहेका अहिलेका युवापुस्तालाई अनलाइन सपिङले नतान्ने कुरै छैन।

भाइबरपछि अब वि-च्याटको चर्चा

Philip kandel 

wechat_feature
तपाई आफ्नो साथीभाई, आफन्तहरुसँग कम्युनिकेट गर्न कुनै न कुनै एप्सहरु प्रयोग गरिरहनु भएको हन्छ। यसका साथै का लागि थुप्रै स्मार्टफोन एप्सहरु बनिसकेका छन् र केहि निकै चल्तीका पनि छन्। प्रमुख चल्तीका एप्सहरु भाइबर, स्काईप, व्हाट्स एपहरु नै हुन् र यिनका आ­आफ्नै विशेषताहरु छन्। कुनैमा निशुल्क मेसेज पठाउन मिल्ने, कुनैमा निशुल्क फोन गर्न मिल्ने त कुनैमा दुवै गर्न मिल्ने बिशेषताहरु छन्। यी सबै बिशेषताहरु र थप नयाँ बिशेषताहरुकासाथ एप स्टोरमा वि­च्याटले तिन सय मिलियन जति युजरहरु बटुलिसकेको छ।
wechat
यो एप्समा थुप्रै राम्रा र रोचक फिचरहरु समावेश गरेको छ र एकैछिन यी फिचरहरुको बारेमा केहि जानकारी लिऔ न।
१. लाइभ च्याट
प्राय सबै यस प्रकारको एप्सहरुमा यो फिचर भएपनि यसमा भने अलि भित्र किसिमको फिचर राखेको छ। लाईभ च्याटमा मेसेजिंङ च्याटको सुबिधा त छदैछ, यसका अलाबा लाइभ भ्वाइस च्याटको पनि सुबिधा रहेको छ। त्यहाँ रहेको () चिन्हमा टच गरि लाईभ च्याट सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ। अब त्यहाँ रहेको ठुलो गोलो आकारको चिन्हमा टच गरि इन्डिकेटरको लाइट हरियो भए पछि भ्वाइस मेसेज छोड्न सकिन्छ। लाईभ च्याटमा रहेका सदस्यहरुले तुरुन्त त्यो भ्वाइस मेसेज पाउछन। यो प्रव्रिmयामा वकि­टकि जस्तै एकचोटीमा एकजना मात्रै बोल्न पाउछन।
२. भिडिओ कल
यो फिचर इस्काईप र भाइबरको जस्तै यसमा पनि रहेको छ। यसमा पनि () चिन्हमा टच गरि भिडिओ कल सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ। कलको दौरान भिडिओ बाट अडियोमा पनि सुइच गर्न मिल्छ।
३. मोमेन्ट्स
यो फिचर फेसबुकसंग मिल्दो जुल्दो रहेको छ। एप्समा रहेको ‘सोसियल’ ट्याबमा टच गरि ‘मोमेन्ट्स’ सेलेक्ट गर्नु पर्ने हुन्छ्र क्यामराको लोगोमा क्लिक गरि आप्mना फोटोहरुलाई सेयर गर्न सकिन्छ । फोटोमा कमेन्ट गर्न, लाईक गर्न र कमेन्ट रिप्लाई गर्न पनि मिल्छ।
४. ग्रूप च्याट
एक जनासंग मात्रै च्याट गर्दा दिक्क लागेमा ग्रूप च्याट पनि गर्न मिल्छ। क­कसलाई एड गर्नु पर्ने हो, सेलेक्ट गरेर इन्भाइट गर्नु पर्ने हुन्छ। ग्रूप च्याटमा अर्को सजिलो इन्भाइट गर्ने तरिका पनि रहेको छ। एप्समा रहेको  लोगोमा टच गरेर ग्रूप च्याट किउ­आर कोड (QR Code) सेलेक्ट गरेर जेनेरेट भएको कोड्लाई सेयर गर्नु पर्ने हुन्छ। त्यो कोड जसले वि­च्याटबाट स्क्यान गर्छ, ऊ मात्रै ग्रूप च्याट गर्न पाउछ।
५. शेक
यो अलि रोचक तरिकाको फिचर रहेको छ। ‘सोसियल’ मा टच गरेर शेक” सेलेक्ट गर्नु पर्ने हुन्छ। यसका लागी लोकेसन सर्भिस लाई आफ्नो फोनमा इनेबल गर्नु पर्ने हुन्छ। अब आप्mनो फोनलाई हल्लाउनुहोस (शेक गर्नुहोस) र तपाइँ संगसगै जो जो युजरहरुले आफ्नो फोन हल्लाइरहेका हुन्छन् उनीहरुको लिस्ट तपाइको फोनमा डिस्प्ले हुन्छ। अब तिनीहरुलाई ग्रिटिंग पठाउनुहोस र साथि बनाउनुहोस।
६. च्याट हिस्ट्री ब्याकअप
आफ्नो च्याटको हिस्ट्रीहरुलाई ब्याकअप गर्न मिल्ने सुबिधा पनि रहेको छ र तर उक्त हिस्ट्री भने सात दिन सम्म मात्र रहन्छ र यो फिचर चाहीएमा सेटिंग” >> ”जनरल” >> च्याट हिस्ट्री ब्याकअप” मा गएर आफुलाई चाहिएको कन्भर्सेसन सेलेक्ट गरि ब्याकअप गर्न मिल्छ।
अरु पनि थुप्रै फिचरहरु यसमा रहेको छ। उक्त फिचरहरुको उपयोग गर्न भने आफ्नो मोबाइलमा वि­च्याट इन्स्टल गर्नु पर्ने हुन्छ। यो चाइनाका डेभेलोपरहरुले बनाएको एप्स भने बिबाधमा पनि तानिएको छ। केहि समय आगाडी यो कम्पनीले केहि चाइनिज संबेदनशिल शब्दहरुलाई सेन्सर गरेपछि यो बिबाधमा तानिएको हो । यसको अर्थ यो कम्पनीले युजरहरुको मेसेज र डाटालाइ सजिलै एक्सेस गर्न सक्छ। यहि कारणले गर्दा अमेरिका र अरु देशका प्रमुखहरुले यो एप्सले राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भन्दै बिरोध पनि गरिरहेका छन्।  हालसालै भारतको इन्टिलिजेन्स ब्युरोले पनि यो एप्सलाई आप्mनो देशमा रोक लगाउनु पर्ने माग सरकारसंग प्रस्तुत गरेको छन्।
जे जस्तो भए पनि यो एप्सको फिचर भने सर्बोत्कृस्ट रहेको छ र यो एप्सलाई ट्वीटर, फेसबुक, इन्स्टाग्राम, स्काईप, भाइबर, व्हाट्स एप, वकि­टकीहरुको प्mयुजन पनि भत्र सकिन्छ।

कम्प्युटर नेटवर्क र इन्टरनेट

lan, man, wan
आजको सञ्चार युगलाई सम्भव बनाउन मुख्य भुमिका निर्वाह गर्ने कम्प्युटर सञ्जालको वारेमा खण्ड–खण्ड गरेर यो लेख मार्फत बुझाउने हाम्रो प्रयास हो । यस लेख मार्फत विभिन्न खण्डद्धारा कम्प्युटर सञ्जालको वारेमा लेख्दै जानेछौँ । पहिलो खण्डमा कम्प्युटर सञ्जालका बारेमा आधारभुत ज्ञानको कुरा राख्ने छौँ ।

के हो कम्प्युटर सञ्जाल (What is Computer Network)

सामान्यतया कम्प्युटर नेटवर्क भन्नाले दुई वा दुई भन्दा बढि कम्प्युटरहरुलाई एक–आपसमा Communicate गर्न जोडीएपछि विभिन्न श्रोत–साधनहरुलाई पनि सेयर गर्न सकिन्छ । उदाहरणको लागि एउटा प्रिन्टरलाई नेटवर्कमा जोडेर अन्य कम्प्युटरवाट प्रिन्टरको सुवीधा लिन सकिन्छ । यहि अवधारणाको विस्तृत स्वरुप हो आजको इन्टरनेट । इन्टरनेट भन्नाले यस्तै स–साना कम्प्युटर सञ्जाल (कम्प्युटर नेटवर्क) हरु मिलेर बनेको ठुलो सञ्जाल हो , जसमा विभिन्न तार तथा तार रहित प्रविधीवाट एकआपसमा जोडीन्छन् ।
यसका प्रकारहरु (Types of Networks)
LAN(Local Area Networks -  यस्तो नेटवर्क जँहा कम्प्युटरहरुलाई सानो क्षेत्रफलमा जोडीन्छ, विशेषत : एउटै भवन । कोठा भित्र । हाम्रो स्कुल, साईवर अफिस आदि यसको (LAN) को उदाहरण हुन् ।
MAN ( Metropolitan Area Network):– MAN पनि एउटा नेटवर्कको सञ्जाल मानीन्छ । यसमा विशेषत: एउटा शहर भित्र फैलाईदिएको हुन्छ । अहिले इन्टरनेट सेवा प्रदायक ( क्ष्क्ए) हरुले काठमाण्डौं वा अन्य शहरमा (ISP) फैलाएको नेटवर्क यसको उदाहरण हो ।
WAN(Wide Area Network):– WAN भन्नाले भौगोलीक दृष्टीकोणवाट टाढा, एक आपसमा जोडीएको कम्प्युटरहरुको सञ्जाल हो । अहिले विभिन्न बैँकहरुले नेपाल भरि फैलाएको, सञ्जाल WAN ले गर्दानै सम्भव भएको हो , यस वाहेक यसलाई internet पनि  भन्न सकिन्छ ।
UPN ( Virtual Private Network) :– UPN  आफैमा एउटा नेटवर्क नभएपनि यसमा अन्य Network को प्रकारको सहायतावाट जस्तै WAN connection वाट गरिन्छ । यो Public network भित्र अर्को  Logical network बनाईन्छ जसलाई सुरक्षित मानिन्छ । यसको वारेमा पछिल्लो खण्डहरुमा विस्तृत रुपमा लेखिन्छ ।
मथि उल्लेखीत प्रकारहरु बाहेक Campus Area Network ( CAN) Storage Area Network (SAN) हरु पनि Networking का प्रकारहरु हुन् । कतीले त Home Area Network(HAN)  पनि यसका प्रकार मानेका छन् ।

Internet - Internet ले हाम्रो जिवनमा पारेका प्रभावलाई नजर अन्दाज गर्न सक्दैनौ । नब्बेको दशकवाट दु्रत गतिमा विस्तार भएको यो प्रविधी बीना  । अहिलेको जिउने तरिका कल्पना पनि गर्न सकिदैन । यसको केही खराव पाटोलाई वास्ता नगर्ने हो भने यसको उपयोगलाई १,२,३ गरेर गणना गर्न सकिदैन् ।
History :- ६० को दशकमा Leonard Kleinrock  भन्ने विद्धानले MIT मा Packet switching theory  को प्रकाशन गरे , जसमा Information (सुचना) हरुलाई Packet मा Transfer गर्ने प्रविधी सम्भव गरिएको थियो । यसको लगत्तै J.C.R. Licklider  ले “Galactic Network” भन्ने शिर्षकमा धेरै Series of Memos लेखे जसम सुचनालाई जहावाट पनि एसेस गर्न सकिन्थ्यो  | पछि उनै Licklider DARPA  (जसले US Department of Defense   को लागि अनुसन्धान तथा विकास गर्छ ) को प्रमुख भए र उनका अन्य साथीहरुलाई उनको Memos मा विश्वस्त बनाए ।
1965 मा MIT  का अनुसन्धानकर्ता Lawrence G. Roherts र Thomas Messill ले Tx-2 Computer Massachusetts क मा र अर्को Q-32 Computer California  मा सुस्त गतिको फोन लाईनवाट जोडीदीए (Connect) । यो नै पहिलो लामो दुरीको कम्प्युटर नेटवर्क थियो । 1966मा Roberts ले “ARPANET” बनाए जुन पछि गएर Internet बन्यो ।

यसरी बचाउनुस् स्मार्टफाेनकाे ब्याट्री

extend-smartphone-battery-life
हातहातमा स्मार्टफोन पुगेका छन् तर सबैको समस्या एउटै – ब्याट्री टिक्दै नटिक्ने । कुनै बेला थियो एक पटक चार्ज गरेर हप्ता दिनसम्म पनि मोबाइलले काम गरिरहन्थ्यो । तर त्यस्ता फोनमा कल गर्न र म्यासेज गर्न बाहेक अरु मोर्डन फिचर अटाउँथेनन् । मोबाइल टेक्नोलोजीमा आएको विकासका कारण स‌‍‌‍सार नचाउने स्मार्टफोन बन्न थाले तर मोबाइल कम्पनी उच्च ब्याट्री लाइफ भएका स्मार्टफोन बनाउन भने सफल भइसकेका छैनन‍् । जसले गर्दा प्रयोगकर्तालाइ ब्याट्री खपाउनुमै हैरानी भइरहेको छ । अझ लोडसेडिङको मार खेपिरहेका नेपाली स्मार्टफोन प्रयोगकर्ताका लागि त झन् ब्याट्री लाइफ ठूलो चुनौती बनेको छ । त्यसैले स्मार्टफोनलाइ लामोसमयसम्म टिकाइराख्न केही टिप्स जानिरहनुहोस् :
 android-low-battery
१। ब्राइटनेस घटाउनुहोस्
स्मार्टफोनको डिस्प्ले धेरैलाई रंगीचंगी नै मनपर्छ तर यो ब्याट्रीका लागि सबैभन्दा ठूलो शत्रु हो । स्मार्टफोनका अरु कम्पोनेन्ट भन्दा अत्यधिक यसले ब्याट्री लाइफ तहस नहस पारिदिन्छ । धेरैजसो फोन सेटमा अटो ब्राइटनेस फिचर हुनेगर्छ जसले बाहिरको उज्यालोअनुसार अटो एडजस्ट गर्छ । यो मोडमा तपाइँले आफ्नो फोनलाई राख्नु भयो भने लगातार पूरा ब्राइटनेसमा फोन चलाउँदा भन्दा कम ब्याट्री खपत हुनेछ । अझ तपाइँले आफ्नो स्क्रिनको ब्राइटनेसलाई तल्लो लेभलमा सेट गर्नुभयो झन् राम्रो । यही एउटा टिप अनुसरण गर्नुभयो भने मात्रै पनि तपाइँले स्मार्टफोनको ब्याट्री लाइफमा नाटकीय सुधार अनुभव गर्नुहुनेछ ।
२। टाइम आउट छोट्याउनुहोस्
तपाइँको फोनको डिस्प्ले सेटिङ मेनुभित्र स्क्रिन टाइम आउट अथवा यस्तै किसिमको कुनै अप्सन फेला पार्नुहुनेछ । आइफोन प्रयोगकर्ता हुनुहन्छ भने जेनेरल सेटिङभित्र गएर अटो लक हेर्नुहोस् यो सेटिङले कुनै काम गरिसकेपछि फोन स्क्रिन कति समयसम्म उज्यालो रहिरहन्छ भन्ने कुरालाई नियन्त्रण गर्छ । धेरैजसो एन्ड्रोइड फोनहरुमा १५ सकेन्डमै टाइम आउट हुने अप्सन हुन्छ । तर आइफोनमा भने यसलाई १ मिनेटभन्दा कममा सेट गर्न मिल्दैन । ब्याट्री लाइफाका लागि प्रत्येक सेकेन्ड महत्वपूर्ण हुने भएकाले दिइएका मध्ये टाइम आउटलाई सबैभन्दा छोटो समयमा सेट गर्नुहोस् ।android-screen-timeout
३। ब्लुटुथ र वाइफाइ अफ गर्नुहोस्
ब्लुटुथ र वाइफाइ ब्याट्री लाइफका अर्का दुई शत्रु हुन् । त्यसैले प्रयोगमा नआएको अवस्थामा यी दुई अप्सन अफ गर्नुहोस् । वाइफाइ नभएको स्थानमा वाइफाइ अन गर्नुको कुनै औचित्य नहुने हुँदा थ्रिजी वा जिपीआरएस प्रयोग गर्नु उचित हुन्छ ।
४। जिपीएसमा सावधानी अपनाउनुहोस्
जिपीएस ब्याट्री खपत गर्ने अर्को फिचर हो । यो एक प्रकारको रेडियो हो । यसले स्याटेलाइटको विश्वव्यापी नेटवर्कबाट सिग्नल टिपेर पृथ्वीमा तपाइँको फोनको लोकेसन पत्ता लाउने काम गर्छ । धेरै एपहरुले लोकेसनका लागि फोनको जिपीएस एक्सेस गर्छन् । जिपीएस एक्सेस सबै एपलाई नदिनुहोस् । आफ्नो आवश्यकता हेरेर मात्र एपहरुलाई एक्सेस दिँदा ब्याट्री लाइफ जोगिन्छ ।gps
५। ब्याकराउन्डमा रन हुने एप अफ गर्नुहोस्
एक पटकमा एकभन्दा बढी एप्लिकेसन चलाउन सक्ने क्षमता नै मल्टिटास्किङ हो । स्मार्टफोनको यो महत्वपूर्ण फिचरले पनि ब्याट्री लाइफ उत्तिकै ध्वस्त पार्छ । एप चलरिहँदा यसको लोड प्रोसेरमा पर्छ । ब्याकराउन्डमा चलेका एप बन्द गर्नाले प्रोसेरको लोड घट्नुका साथै मोबाइलको ब्याट्री खपतलाई घटाउन सकिन्छ । मल्टिटास्किङका लागि प्रख्यात एन्ड्रोइड फोनमा एडभान्स टास्क किलर एप इनस्टल गरेर ब्याकराउन्डका एपलाई बन्द गर्न सकिन्छ । समय समयमा सबै एप बन्द गरेर फोनलाई रिबुट अझ राम्रो हो ।
६। तातो स्थानमा नराख्नुहोस्
स्मार्टफोनलाई तातो स्थानमा नराख्नुहोस् । गर्मी मौसममा कारको अघिल्तिर राख्दा स्मार्टफोनको ब्याट्री छिटै नस्ट भएर जान्छ । स्मार्टफोनले अधिकतम कति तापक्रमसम्म काम गर्ने भन्ने निश्चित रेञ्ज हुन्छ । त्यो भन्दा बढी तापक्रममा राखे स्मार्टफोनको ब्याट्री स्वतः नस्ट हुनपुग्छ ।
७। भाइब्रेटसन प्रयोग नगर्नुहोस्
तपाइँ फोनलाई रिङटोनभन्दा भाइब्रेसनमा राख्न रुचाउनुहुन्छ रु रिङटोन भन्दा भाइब्रेसन मोडमा ब्याट्री बढी खपत हुन्छ । रिङटोन बज्दा आवाज निकाल्नको लागि मोबाइल फोनको सानो ‘मेम्ब्रेन’लाई भाइब्रेट गरे मात्र पुग्छ । यसको विपरित भाइब्रेसन मोटरले पूरै फोन हल्लाउन सानो वजन नै घुमाउनु पर्नेहुन्छ । यो प्रक्रियाको लागि धेरै उर्जा खपत हुन्छ । आवाजले डिस्टर्भ नहोस् भन्ने चाहनुहुन्छ भने सबै नोटिफिकेशन अफ गरेर फोनलाई देखिने ठाउँमा राख्नुहोस् ता कि भाइब्रेसन बिना नै नयाँ कल आएको थाहा होस् ।
stop-iphone-text-vibrate
८। अनावश्यक नोटिफिकेशन अफ गर्नुहोस्
प्रायः सबै एपले अपडेटका लागि इन्टरनेट खोजिरहेका हुन्छन् । एपहरुले केही भेटाउन साथ त्यसले आवाज निकाल्छ, स्क्रिन उज्यालो पार्छ वा म्यासेज देखाउँछ । अथवा यी सबै कुरा गर्छ । स्मार्टफोनको यो स्वचालित गतिविधिले ब्याट्री खपत गरिरहेको हुन्छ । ब्याट्री लाइफ जोगाउन अनावश्यक नोटिफिकेसन अफ गर्नु उत्तम उपाय हो ।
९। पावर सेभिङ मोड
स्मार्टफोन कम्पनीहरुले विभिन्न मोडलअनुसार फरक फरक पावर सेभिङ फिचर उपलब्ध गराएका छन् । यो मोड इनेबल गर्नाले पावर बचत गर्ने फिचर प्रयोग गर्न सकिन्छ । यसले एपहरुलाई ब्याकराउन्डमा अपडेट हुनबाट रोक्छ । स्क्रिनलाई मधुरो बनाउँछ, स्क्रिनको टाइम आउट सेटिङ घटाउँछ र भाइब्रेसन अफ गर्छ । हुन तस्मार्टफोनको ब्याट्री २० प्रतिशत बाँकी रहेपछि यो मोड अटो अन हुन्छ ।samsunggalaxys4-powersave
१०। अरु केही उपाय
फ्लास प्रयोग नगरी फोटो खिच्नु ब्याट्री लाइफ जोगाउने अर्को उपाय हो । मल्टिपल सट लिने हो भने त सानो फ्लासले नै ब्याट्री लाइफ ध्वस्त पारिदिन्छ । तत्कालै जवाफ फर्काउनु छैन भने इमेल नोटफिकेशनको समय २०—३० मिनेटमा सेट गर्नुहोस् । यसले छिटो छिटो आउने नोटिफिकेशनबाट ब्याट्रीलाई जोगाउँछ । तपाइँ आइफोन ४ एस वा ५ चलाउनुहुन्छ भने सिरीभित्रको सेटिङमा गएर रेज टु स्पिकलाई डिजेबल गर्दिनुहोस् । त्यसले पनि तपाइँको ब्याट्री लाइफ जोगाउँछ । फोन नेटवर्क देखाएन भन्दैमा निरन्तर सिग्नल नखोज्नुहोस् । त्यसले ब्याट्री लाइफ ध्वस्त पारिरहेको हुन्छ । ब्याट्री पूर्णरुपमा डिस्चार्ज नभएसम्म चार्ज नगर्नुहोस् ।

महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने

महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ ।यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीलाई उद्यृत गर्दै कान्तिपुर दैनिकले जनाएको छ । ‘धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,’ उनले भने, ‘सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।’जय जनताको प्रस्ताव राम्रो लागे... 


बस सञ्चालन गर्न  पाउने उनले बताए । ‘योग्य नभए पुनः आह्वान गर्छौं,’ उनले भने, ‘त्यसबाट एउटा कम्पनी छनोट गर्छौं ।’ छनोट भएको कम्पनीले आफ्नै लगानीमा बस ल्याउनुपर्छ । यसबाट हुने आम्दानी पनि त्यही कम्पनीले पाउने छ ।‘राजधानीमा साना साधन भएका र सवारी चाप बढी देखिएकाले यस्तो गर्न लागेका हौं,’ उनले भने, ‘महानगरपालिकाले बस सञ्चालन गर्ने कम्पनीलाई रुट उपलब्ध गराउने, वाषिर्क करमा छुट दिने लगायत व्यवस्था गर्ने छ ।’ यस्तो बसमा करिब ८० जना यात्रु बस्न मिल्ने उनले बताए । 

हाल एउटामा २०/३० जना यात्रु मात्र चढ्न मिल्ने हुँदा बढेको सवारी चाप नियन्त्रणमा यसले सहयोग पुर्‍याउने उनले बताए । राति पनि सञ्चालन हुने भएकाले सुरक्षाको व्यवस्थाको जिम्मा नेपाल प्रहरीलाई दिने तयारी गरिएको छ । ‘महानगरीय प्रहरी कार्यालयले एउटा बसमा एक जना प्रहरी दिन सहमति जनाएको छ,’ उनले भने, ‘राति सञ्चालन हुने बसमा उनीहरू बस्ने छन् ।’

राति राजधानी आएका, अफिसबाट ढिलो फर्कने व्यक्तिहरुलाई रात्रिकालीन बस सेवाले सहयोग पुग्ने उनले बताए । ‘राति आवश्यकता अनुसार २/३ बस मात्र सञ्चालन हुने छन्,’ उनले भने, ‘विभिन्न स्टेसनमा कुन समयमा बस आइपुग्छ पहिले नै जानकारी गराइने छ ।’ यसरी सञ्चालन हुने बस साना रुटमा भने चल्ने छैनन् । चक्रपथका साथै ‘क’ वर्गमा राखिएका ठूला सडकमा बस सञ्चालन हुने छ ।

७ वेभसाइट जसले संसार बदल्यो

यी ती वेभसाइट हुन जुन छैन भने आज इन्टरनेट र जीवनको कल्पना गर्न कठिन छ। जो कुनै व्यक्तिले पनि एक पटक इन्टरनेटको प्रयोग गरेको छ भने उसले यी सबै वा यसमध्ये अधिकांश साइटमा ब्राउज गरेको हुनुपर्छ । यी साइटहरु स्वयममा एउटा उदाहरण हुन्-

1.विकीपेडिया
जानकारी प्राप्त गर्न सकिने सर्वश्रेष्ठ माध्यम हो विकीपेडिया । आज कुनै पनि विषयमा आधारित खोज गर्नुस् पहिलो लिंक तपाईले विकीपेडियाकै पाउनु हुनेछ। विकी पेडियाको आगमनअघि पनि अनलाइन इन्साक्लोपेडिया त कैयौ थिए तर ती सबैमा कमै मात्र जानकारी हुने गर्दथ्यो र तिनीहरुको प्रयोग पनि कठिन थियो ।तर विकीपेडियाको आगमनसँगै पुरै परिस्थितिमा परिवर्तन आयो । विकीपेडिया एउटा निःशुल्क ज्ञानकोष हो । यसलाई कुनै पनि व्यक्तिले सम्पादन गर्न सक्दछ र लाखौ स्वयमसेवकका कारण हरेक दिन यसको ज्ञानकोषको उचाई कयौ गुना बढिरहेको छ।आजभोलि यो ज्ञानकोष अंग्रेजीमा मात्र नभएर नेपालीलगायत हरेक भाषामा उपलव्ध छ।
सुरुवातः १५ जनवरी २००१
निर्माताः जिम्मी वालेस, ल्यारी सैंगर
भाषाः २४०

2.हटमेल
आजको नयाँ पिढीले यो नाम पहिचान गरुन वा पहिचानका लागि ध्यान नदिउन् तर हटमेलले कुनै समय इमेलको परिभाषा नै बदलिदिएको थियो । हटमेलभन्दा पहिला इमेल गर्नु र इमेल प्राप्त गर्नु दुर्लभ कार्य थियो । अनलाइन इमेल क्लाइन्ट सफ्टवेयर उपलव्ध थिएन । तपाई जब इमेललाई आफ्नो एक पीसीमा डाउनलोड गर्नुहुन्थ्यो तब रिमोट सर्भरबाट त्यो डिलेट हुने गर्दथ्यो । अर्थात एउटा इमेल एक स्थानमा मात्र हेर्न सकिन्थ्यो ।हटमेलले वेभमेलको सुरुवात गर्‍यो । हटमेललाई कुनै पनि पीसीमा ब्राउज गर्न सकिन्थ्यो । कुनै इमेललाई कयौ स्थानबाट खोल्न सकिन्थ्यो । शब्बीर भाटिया र केही अन्य व्यक्तिको यो खोजले इमेल गर्ने तौरतरिकामै बदलाव ल्यायो । पछि माइक्रोसफ्टले हटमेल किन्यो र अहिले यो ब्राण्ड समाप्त भइसक्यो । त्यसको स्थान माइक्रोसफ्ट लाइभ मेलले लिएको छ। तर, हटमेलको याद मानिसहरु अहिले पनि गर्दछन् ।
सुरुवातः ४ जुलाई १९९६
निर्माताः शब्बीर भाटिया र अन्य
अधिग्रहणः माइक्रोसफ्ट
3.फेसबुक
फेसबुक विश्वको सबैभन्दा लोकप्रीय सामाजिक सञ्जाल साइट हो । अमेरिकाजस्ता देशमा त यसले गुगललाई पनि उछिनेर सबैभन्दा लोकप्रीय साइटको गौरव पनि प्राप्त गरिसकेको छ। फेसबुकका प्रयोगकर्ताहरु करोडौको संख्यामा छन् र कैयौ मानिसको त दिन र रात फेसबुकमै बित्ने गरेको छ।तर फेसबुक पहिलो सामाजिक सञ्जाल साइट भने थिएन । तर,m यसले सामाजिक सञ्जालको सिद्धान्तनै परिवर्तन गरिदियो । फेसबुकले थर्ड पार्टी एप्लिकेशनहरुलाई मन्जुरी दिएर आफ्नो लोकप्रीयतामा तिब्रताका साथ बढायो । फेसबुक लोकप्रीय बनिरह्यो किनभने उसले आफूलाई समय अनुसार परिर्वतन गर्दै गयो ।
सुरुवातः ४ फेब्रुअरी २००४
निर्माताः र्माक जकरवर्ग
4.ट्वीटर
के राजनेता, के अभिनेता, के समाजसेवी, के धर्मगुरु, के आम नागरिक । आज सबैजसो ट्वीटरमा उपस्थित छन् । १४० अक्षरका साथ तपाई संसारभरसँग जोडिन सक्नु हुन्छ। के केही वर्ष पहिलेसम्म कुनै कल्पना गर्न सक्दथ्यो कि एउटा सामान्य व्यक्ति विल गेट्सलगायतका चर्चित हस्तीहरुसँग सिधा प्रश्न गर्न सक्छ कि आफूले उत्तर पनि पाउने गरी ।यो ट्वीटरकै कमाल हो, जसले आम र विशेषको भेद मेटाइदियो । अब हरेक ‘विशेष’ व्यक्ति ट्वीटरको माध्यमबाट आम संसारसंग जोडिन चाहन्छ । संसारभरको सरकारका सरकारहरु यो सेवादेखि डराउन थालिसकेका छन् । किनभने सूचनाको अति तिब्र माध्यम क्षणभरमा पलपलको खबर संसारको कुनाकुनामा पुर्‍याइरहेको छ। ट्वीटर आज जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ।
सुरुवातः २००६
निर्माताः ज्याक डोर्सी, इवान विलियम्स, विज स्टोन
5.युट्युब
युट्युवले मनोरञ्जनको अर्थ नै परिवर्तन गरिदियो । युट्युवभन्दा पहिला अनलाइन भिडियो हेर्न सकिने राम्रो माध्यम थिएन । युट्युवको सुरुवात जब भयो तब विश्वभर निकै ब्याण्डविथ नै उपलव्ध थिएन । त्यतिबेला मानिसहरु सोच्थे यो साइट चल्दैन । किनभने लामा लामा भिडियो मानिसहरुले कसरी हेर्ने छन्? मानिसहरु आफ्नो साइटमा भिडियो अपलोड गर्दैन थिए किनकि यसबाट उनीहरुको ब्याण्डविथ खर्च ह्वात्तै बढाउथ्यो ।तर युट्युवको आगमनका साथै परिस्थिति बदलियो । युट्युवले मानिसहरुलाई अचम्ममा पार्‍यो । अब निशुल्क भिडियो अपलोड गर्न सकिन्थ्यो र त्यसलाई कुनै पनि साइटमा राख्न पनि सकिन्थ्यो ।अहिले गुगलले लिएको यो सेवामा हजारौ भिडियो दैनिक अपलोड हुने गर्दछन् । र, लाखौ मानिस यो भिडियो हेर्ने गर्दछन् ।
सुरुवातः फेब्रुअरी २००५
निर्माताः चाड हर्ली, जावेद, करिब, स्टीभ चैन
अधिग्रहण : गुगल (२००६)
6.गुगल
नाम मात्रै पर्याप्त छ । इन्टरनेटबारे सामान्य मात्र ज्ञान राख्ने शायदै कुनै व्यक्ति होलान् जो गुगलका विषयमा थाहा नहोस् । गुगल अर्थात खोज खोज अर्थात गुगल । यतिबेला मानिसहरु भौतिक सामग्री हराए पनि झक्किएर गुगलमा खोजी गर्न जाने बेला भइसकेको छ। मानिसहरु भन्छन्, कुनै जानकारी चाहियो गुगलमा जानुस् न ।अहिले इन्टरनेटमा चाहे जेसुकै गरियोस प्रयोगकर्ताहरु गुगलमा एक पटक जान्छन् । गुगलमा खोजी नगरे पनि यसका असंख्य निःशुल्क सेवाको प्रयोग सबैले गर्छन । जीमेल छ, रिडर छ, ब्लगपोष्ट छ, पिकासा छ, युट्युव छ, सूची लामो हुनेछ । आफै सोच्नुस्।
सुरुवातः ४ सेप्टेम्बर १९९८
निर्माताः सर्जेई विन, लारेन्स पैज
7.अमेजन
किनमेल त्यसै पनि हुन सक्दछ। पसल नै नगई घरै बसेर लगइन गर्नुस् । आफूले मन पराएको उत्पादन छान्नुस् । क्रेडिट कार्डबाट शुल्क तिर्नुस् काम सकियो । घरमै बसेर तपाईलाई आफूले किनेको सामान प्राप्त हुनेछ। अमेजनले मानिसहरुको किनमेलको बानी नै परिवर्तन गरिदियो । अहिले इन्टरनेटमा असंख्य अनलाइन सपिङ्ग साइट छन् तर यस उद्योगको सुरुवात अमेजनले नै गरेको थियो ।
सुरुवातः १९९४
निर्माताः जैफरी विजोज

सफल जीवनको शु्त्रहरु

महापुरुषहरुको कथनहरु :

मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ ।
-कार्लाईल
जसले आफ्नो समय बरबाद गर्‍यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन ।
- ब्रर्टेण्ड रसेल
इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो ।
- स्टेनबैक
मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्‍यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो - रुजवेल्ट
उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन ।
- अरस्तु
अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर ।
- रिचर्ड जानसन
पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ ।
- जर्ज वर्नार्ड शा
प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ?
- सैमुअल वोन
दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ?
- माइकल फराडे
हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ ।
- अरस्तु
.


तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर ।
- अल्वा एडिसन
मर्नु भन्दा अगाडि केही गरेर देखाउ ।
- अरस्तु
आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ ।
- टिंगसन
आफ्नो जीवनको यि शत्रुहरुलाई चिन
१) अल्छिपना
२) चिन्ता
३) अरुको भर
४) समयको दुरुपयोग
यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ ।
- सँत पितर
तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु ।
- अरस्तु
जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ ।
- एड्गर एलन पो
के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ?
- वर्डसवर्थ
मनको भावनाको दशाको नामनै सुख र दु:ख हो ।
- ईबने बतुता
दु:ख के सुख के सबै तिम्रै हातमा छ ।
- शेक्सपियर
स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन ।
- लाँगफेलो
स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ ।
- डाक्टर हार्मोन

I am living large and taking charge ;) I get ignored so much that my nickname should be Terms And Conditions. Love me, hate me - either way you're thinking of me! If time is money I am running out of time. I'd rather eat chocloate than worry about if I have a thigh gap! WARNING: I have an attitude and I know how to use it! I'm so HOT - I make fire! My daily routine: Get up. Be awesome. Go back to bed. I can count the amount of boyfriends I've had on one hand. If I use a calculator. When I get lonely I set my phone's alarm to go off every 15 minutes and imagine people are texting me. Perhaps I could be of assistance? After all, I happen to be awesome. I have a disease called AWESOME. Kiss me I'm contagious! I have an eating disorder. I'm about to eat dis order of pizza, dis order of fries and dis order of nuggets. I meant to behave, but there were so many other options. I wish Facebook would notify me when someone delete's me. That way I could 'Like' it. Take me as I am, or watch me as I go. I live in a world of fantasy, so keep your reality away from me! I am convinced that life is 10% what happens to me and and 90% how I react to it. My life motto is simple: Follow your dreams... I can resist everything except temptation! I'm not a cougar, I'm a jaguar! I'm not immature...I just know how to have fun! I respect those who respect me and forget those who forget me. Simple as that. I am old enough to know better - but young enough to still do it anyway! Everyone I know is either getting married or pregnant. I'm just getting more AWESOME! I don't look back - Unless there's a good view! I drink coffee... For your protection. I'm slow to trust, but quick to love. I wish too hard and I give too much. I'm not saying I'm perfect, but I promise I'm worth it! I believe what we do flows from who we are. I am athletic. I surf the net. I don't pretend to be someone I'm not... But if you'd like to see me as someone who is gorgeous, rich and famous that's fine with me. I'm not unlucky in love - I'm just extremely good at being single! I'm not shy; I'm just holding back my AWESOMENESS so I don't intimidate you. Strangers think I'm quiet. Friends think I'm outgoing. My best friend thinks I'm insane. Love me when I least deserve it because that's when I really need it. I am who I am and your approval isn't needed! Admit it. Life would be so boring without me! I forgot to go to the gym yesterday. That's 10 years in a row! This is me! What you see is what you get. I am the yummy pie! I'm not lazy - I just run on energy saving mode! I'm not afraid of failing... Which is why I do it all the time! If I had to describe my personality - I'd say good looking. Normal people worry me! I'm not lazy. Someone just stole my motivation. I'm only single because I'm too awesome for everyone right now. I'm naturally funny because my life is like a joke. I'm not overweight. God just loved my body so much he made more of me! If I say "The other day" it can mean any time up to a year ago. You talk it. I LIVE it. I do what I must, and my friends will adjust! I am here for your entertainment! I am still waiting for blessings which aren't in disguise. I cover my mouth when I cough, so people don't catch my awesomeness. Yeah I'm F.I.N.E. (F)alling apart, (I)nsecure, (N)eeding help, (E)verything's wrong. I am the one your mother warned you about. I'm painting a blue square in my backyard so Google Earth thinks I have a pool. I live for the moments you can't put into words. Source: Funny About Me Quotes It's all about ***ME*** deal with it! Normal rules don't apply to me (Because I have big breasts). I don't care what you think about me. I NEVER THINK ABOUT YOU. Me & you... We could make the world jealous. Life is too short. So why don't you love me before we run out of time! I taste so delicious you'll want the recipe! Dip me in chocolate and call me dessert! Everything I'm not makes me everything I am. I am more - Without you. What can i say? I'm just different. I tried being normal once. Worst 5 minutes of my life. I always keep my standards and my heels high. I haven't met Mr Right yet. But I have met Mr Fake, Mr Player & Mr Loser. My middle finger loves them all! Heard you're a player. Nice to meet you. I'm the coach. I'm in love with my dreams, married to success and having an affair with life ;) Even though I'm a clean person, sometimes I enjoy a messy lifestyle! I'll start letting my guard down when people stop giving me reasons to keep it up. I'm shy. Most people don't take the time to explore the real me. So I'd like to thank everyone who has. Everyone who didn't, missed out. Why yes, I do frequently burst out in song! Story of my life: Searching for the right, but it's always avoiding me. I talk to my pet as if it actually understands what I'm saying. I've learned so much from making mistakes; I think I'll make some more! Stressing and obsessing just ain't my style. All I want is someone to make me smile! Don't hate me until I give you a reason to. Don't judge me until you know the whole story... Glance at me, laugh at me, talk to me... BE WITH ME! You - Can't - Be - Me. Love, love, love ME! Thank you for curing me of my ridiculous obsession with love. Love me or hate me - I promise it won't break me! Nothing about me is original... I am the combined effort of everyone I've known... I am the pot of gold at the end of the rainbow ;) I love what I did BEFORE the Internet! Me, perfect? NO!!! Giving up is always an option, but it's never MY CHOICE.