Blogger Widgets Blogspot Tutorial

Friday, May 16, 2014

कम्प्युटर नेटवर्क र इन्टरनेट

lan, man, wan
आजको सञ्चार युगलाई सम्भव बनाउन मुख्य भुमिका निर्वाह गर्ने कम्प्युटर सञ्जालको वारेमा खण्ड–खण्ड गरेर यो लेख मार्फत बुझाउने हाम्रो प्रयास हो । यस लेख मार्फत विभिन्न खण्डद्धारा कम्प्युटर सञ्जालको वारेमा लेख्दै जानेछौँ । पहिलो खण्डमा कम्प्युटर सञ्जालका बारेमा आधारभुत ज्ञानको कुरा राख्ने छौँ ।

के हो कम्प्युटर सञ्जाल (What is Computer Network)

सामान्यतया कम्प्युटर नेटवर्क भन्नाले दुई वा दुई भन्दा बढि कम्प्युटरहरुलाई एक–आपसमा Communicate गर्न जोडीएपछि विभिन्न श्रोत–साधनहरुलाई पनि सेयर गर्न सकिन्छ । उदाहरणको लागि एउटा प्रिन्टरलाई नेटवर्कमा जोडेर अन्य कम्प्युटरवाट प्रिन्टरको सुवीधा लिन सकिन्छ । यहि अवधारणाको विस्तृत स्वरुप हो आजको इन्टरनेट । इन्टरनेट भन्नाले यस्तै स–साना कम्प्युटर सञ्जाल (कम्प्युटर नेटवर्क) हरु मिलेर बनेको ठुलो सञ्जाल हो , जसमा विभिन्न तार तथा तार रहित प्रविधीवाट एकआपसमा जोडीन्छन् ।
यसका प्रकारहरु (Types of Networks)
LAN(Local Area Networks -  यस्तो नेटवर्क जँहा कम्प्युटरहरुलाई सानो क्षेत्रफलमा जोडीन्छ, विशेषत : एउटै भवन । कोठा भित्र । हाम्रो स्कुल, साईवर अफिस आदि यसको (LAN) को उदाहरण हुन् ।
MAN ( Metropolitan Area Network):– MAN पनि एउटा नेटवर्कको सञ्जाल मानीन्छ । यसमा विशेषत: एउटा शहर भित्र फैलाईदिएको हुन्छ । अहिले इन्टरनेट सेवा प्रदायक ( क्ष्क्ए) हरुले काठमाण्डौं वा अन्य शहरमा (ISP) फैलाएको नेटवर्क यसको उदाहरण हो ।
WAN(Wide Area Network):– WAN भन्नाले भौगोलीक दृष्टीकोणवाट टाढा, एक आपसमा जोडीएको कम्प्युटरहरुको सञ्जाल हो । अहिले विभिन्न बैँकहरुले नेपाल भरि फैलाएको, सञ्जाल WAN ले गर्दानै सम्भव भएको हो , यस वाहेक यसलाई internet पनि  भन्न सकिन्छ ।
UPN ( Virtual Private Network) :– UPN  आफैमा एउटा नेटवर्क नभएपनि यसमा अन्य Network को प्रकारको सहायतावाट जस्तै WAN connection वाट गरिन्छ । यो Public network भित्र अर्को  Logical network बनाईन्छ जसलाई सुरक्षित मानिन्छ । यसको वारेमा पछिल्लो खण्डहरुमा विस्तृत रुपमा लेखिन्छ ।
मथि उल्लेखीत प्रकारहरु बाहेक Campus Area Network ( CAN) Storage Area Network (SAN) हरु पनि Networking का प्रकारहरु हुन् । कतीले त Home Area Network(HAN)  पनि यसका प्रकार मानेका छन् ।

Internet - Internet ले हाम्रो जिवनमा पारेका प्रभावलाई नजर अन्दाज गर्न सक्दैनौ । नब्बेको दशकवाट दु्रत गतिमा विस्तार भएको यो प्रविधी बीना  । अहिलेको जिउने तरिका कल्पना पनि गर्न सकिदैन । यसको केही खराव पाटोलाई वास्ता नगर्ने हो भने यसको उपयोगलाई १,२,३ गरेर गणना गर्न सकिदैन् ।
History :- ६० को दशकमा Leonard Kleinrock  भन्ने विद्धानले MIT मा Packet switching theory  को प्रकाशन गरे , जसमा Information (सुचना) हरुलाई Packet मा Transfer गर्ने प्रविधी सम्भव गरिएको थियो । यसको लगत्तै J.C.R. Licklider  ले “Galactic Network” भन्ने शिर्षकमा धेरै Series of Memos लेखे जसम सुचनालाई जहावाट पनि एसेस गर्न सकिन्थ्यो  | पछि उनै Licklider DARPA  (जसले US Department of Defense   को लागि अनुसन्धान तथा विकास गर्छ ) को प्रमुख भए र उनका अन्य साथीहरुलाई उनको Memos मा विश्वस्त बनाए ।
1965 मा MIT  का अनुसन्धानकर्ता Lawrence G. Roherts र Thomas Messill ले Tx-2 Computer Massachusetts क मा र अर्को Q-32 Computer California  मा सुस्त गतिको फोन लाईनवाट जोडीदीए (Connect) । यो नै पहिलो लामो दुरीको कम्प्युटर नेटवर्क थियो । 1966मा Roberts ले “ARPANET” बनाए जुन पछि गएर Internet बन्यो ।

No comments:

Post a Comment