Blogger Widgets Blogspot Tutorial

Sunday, May 18, 2014

अब गाडीको यात्रामै वाईफाइ र थ्रीडीको मज्जा लिनुस

three_d
फिलिप कँडेल!!!! पछिल्लो समय मानसिहरुले गास, वास र कपाससँगै शिक्षा, स्वास्थ्य र मनोरञ्जनलाई आफनो मुख्य आवश्यकता बनाइरहेको भए पनि टेक्नोलोजी पनि मानिसको अभिन्न अगं जस्तै बनेको छ। अहिले सबैको हात हातमा मोवाइल भइसकेको छ। गाउदेखि शहरसम्म मानिसहरु वा भनौ सडकमा झाडु लगाउनेहरुदेखि लिएर अफिसमा काम गर्नेे अफिसरहरु, व्यापारी, पत्रकार, सरकारी कर्मचारी, बैंकका कर्मचारी लगायत मोवाइल त अनिवार्य जस्तै चलाउन थालिसकेका छन। अफिसरहरु प्राय सबै जनाले ल्यापटप त अनिवार्य चलाइरहेका हुन्छन। उनीहरुले प्राय कही न कही लामो दूरीको यात्रा त गरि नै रहेका हुन्छन। यही  लामो दूरीको यात्रालाई सहज र भरपर्दो बनाउन अहिले गाडीहरुमा धमाधम थ्री डी र वाइफाई सेवाहरु निशुल्क प्रदान गरिरहेका छन।
gadi
यदि तपाई काठमाडौबाट विराटनगर धरान वा धरान, विराटनगरबाट  काठमाडौको लामो यात्रा, आफनो घर वा कुनै ठाउ बसमा घुम्न जादै वा आउदै हुनुहुन्छ भने एक पटक सोच्नुस त थ्रीडी र वाईफाई युक्त गाडी पाउनुभयो। तपाईको  मन कस्तो खुशी हुन्छ होला। पहिला पहिला लामो दूरीको यात्रा गर्दा भोगेको दुख झमेला अनि बसमा कुनै सुविधा नभइकन चढेको सम्भना तपाईको मानसपटलमा अझै पनि झल्झली ताजा भएर आउछ होला।
chandra_surya_final
हो अब तपाई चढने पुर्वको गाडीमा यस्तै थ्रीडी र वाईफाई युक्त सुविधा आइसकेको छ। सूचना  प्रविधी दिनदिनै मानिसहरुहको आवश्यकता बनिरहदा यो थ्रीडी र वाईफाई सुविधा नेपालमै पहिलो पटक चन्द्र सूर्य डिलक्स गाडीले लामो दूरीको यात्रा गर्ने यात्रुहरुलाई जुराइ दिएको छ। चन्द्र सूर्य डिलक्स गाडीले विस २०७० कार्तिक १५ गतेदेखि पुर्व जाने काठमाडौ विराटनगर चल्ने ना ५ ख १४६७ र ना ५ ख १६६८ नम्बरको दुई वटा गाडीमा यो वाइफाइ र थ्रीडी सुविधा सुरु गरिसकेको छ।
three_d-gadi
तपाई यात्रुहरुले उक्त गाडीमा यात्रा गर्दा थ्री डी चश्मा लागएर मुभीको मज्जा लिन सक्नुहुन्छ भने विश्वभरका समाचार, विचार र समयसामयिक घटनाहरु क्हा के भइरहेका छन भनेर निमेष भरमै थाहा पाउन सक्नुहुन्छ किनकी गाडीमा वाईफाइ पनि जोडिएको हुन्छ। गाडीको छतमा जोडिएको नेपाल टेलिकमको वाइम्याक्सको वाईफाइले तपाईलाई बसमै बसी बसी विश्वको समेत यात्रा गािइदिनेछ। आफुले चाहेको सूचना, जानकारी वा मनोरञ्जन तपाईले बसमा जोडिएको वाइफाई इनटरनेटको माध्यमबाट पाउन सक्नुहुन्छ।
3d
यही थ्रीडी र वाईफाई सेवालाई पछिल्लो समय चन्द्र सूर्य डिलक्ससगै यती ट्राभल्स, कोशी डिलक्स, मारुती डिलक्स, बराही डिलक्स एसएनएस डिलक्स, मकालु मित्तेरी मेट्रोलगायत लामो दूरीमा चल्ने बस व्यावसायीहरुले आ–आफनो गाडीमा एयर कन्डिशन लगायतका सुविधाहरु उपलब्ध गराइ रहेका छन। यसका साथै कतिपय यायायात व्यायवासीहरुले भने गाडीको टिकट अनलाइन मार्फत नै विक्रि वितरण गरिरहेका छन।
chandra_surya
उदाहरणको लागि टिकेट सेवा डटकम डट एनपीले अनलाइन माफृत नै यात्रुहरुलाई लामो दूरीको यात्राका लागि टिकट बुकिङ गर्ने व्यवस्था मिलाइदिएको छ । तर पनि लामो दूरीमा यात्राुहरुले कसरी अनलाइन टिकेट किन्ने भनेर उपयुक्त ठाउ पाएका छैन। टिकक खरिद गर्न यात्रुहरुले भरपदौ इसेवाहरु पाइरहेका छैनन। यस बारेमा कुनै पनि छुटै कम्पनी टिकटकै लागि अनलाइन सेवा सुरु गरेका छैन।
यसका साथै अहिलेसम्म नेपालमा लामो दूरीमा चल्ने यातायातका कति गाडीहरुमा थ्रीडी र वाईफाई सुविधाहरु उपलब्ध गराइरहेको भनेर नेपाल सरकारका यातायात व्यवस्था कार्यालयसग किटानी तथ्य भने छैन। यायायात व्यवस्था विभाग महानिर्देक इन्द्र कुमारी थपलियाले  भने देशभर थ्रीडी र वाइफाईका गाडीबारेमा कुनै तथ्याङ नभएको बताए।  थपलियाले आफुले पनि समाचार मात्रै थ्रीडी र वाइफाईका गाडी चलेको भनेर जानकारी पाएको लिभिङ विथ आईसिटीलाई बताए। यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक अनुप रञ्जन भटराईले लामो दूरीका  गाडीमा थ्रीडी र वाइफाईको सुविधा हुनु दक्षिण एसियामै राम्रो उदाहरण भएको बताए। यायायात व्यवस्था विभाग मीनभवनले दिएको जानकारी अनुसार अहिले देशभर करीब ३० हजार ८ ९५ गाडीहरु दैनिक रुपमा गुडिरहेका छन।

ब्लग कसरी सुरु गर्ने

how-to-start-a-blogब्लग भन्नाले त्यस्ता वेबसाइटहरूलाई जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीका रूपमा प्रकाशित गर्ने गर्दछन् । आफूलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमै चर्चित बन्दै गएको छ । ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लगको समिश्रणद्वारा बनेको हो । सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्ना ससाना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमका रूपमा विकसित भएको छ ।
नेपालको परिप्रेक्ष्यमा ब्लगको शुरुवात कहिलेबाट भयो भन्ने यकिन इतिहास छैन । तर २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमका रूपमा ब्लग देखिएको हो । नेपाली भाषाका ब्लगहरू हेर्ने हो भने माइसंसार डटकम र हाम्रोब्लग डटकम, आकारपोष्ट डट कम अगाडि देखिएका छन् । अहिले करिब १ सयको हाराहारीमा नेपाली ब्लगहरू सञ्चालनमा रहेको पाइन्छ । यो तथ्याङ्क नेपाली ब्लगहरूको सङ्ग्रह bloggers.com.np मा हेर्न सकिन्छ ।
सामान्यतया लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य विभिन्न प्रकारका हुने गर्छन् । भिडियोसम्बन्धी ब्लगलाई भि­लग भन्ने गरिन्छ । त्यस्तै फोटोहरू राखिने फोटो­ब्लगहरू पनि प्रचलित छन् । अचेल मोबाइलबाट पनि ब्लग गर्ने प्रविधिको विकास भइसकेको छ, त्यस्ता ब्लगलाई मोब्लग भन्ने गरिन्छ । विषयवस्तुको हिसाबले पनि विभिन्न प्रकारका ब्लगहरू हुने गर्दछन्, जस्तै राजनीतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग आदि । यी सबै ब्लगहरू खोज्न technorati.com नामक सर्च इन्जिन को पनि विकास गरिएको छ ।

Wordpress-vs-Blogger
ब्लगको यति जानकारीपछि ब्लग लेख्न कसरी सुरु गर्ने भन्नेतिर लागौं । ब्लग लेख्न सुरु गर्नुभन्दा पहिले आफू कुन विषयवस्तुमा ब्लग लेख्ने भन्नेबारे निर्णय गर्नु राम्रो हुन्छ । कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो, त्यही लेख्ने गर्छन् । कसैले कुनै निश्चित विषयमा ब्लग लेख्ने गर्छन् । धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेलाबेलामा विषय परिवर्तन गर्ने गर्छन् । ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरी राखिने हुनाले आफूलाई जे मन लाग्यो, त्यही लेख्नुभन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ ।
केको बारेमा ब्लग लेख्ने भन्ने कुरा निश्चित गरेपछि कहाँ लेख्ने भन्ने प्रश्न आउँछ । ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ । यदि तपाईंको आफ्नै वेबसाइट छ भने त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ । WordPress, Movable Type  र Typo जस्ता ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरी प्रयोग गर्न पाइन्छ । तर, सबैको आफ्नै वेबसाइट नहुन सक्छ, यस्तो अवस्थामा इन्टरनेटमा रहेका blogger.com र wordpress.com  जस्ता साइटहरूमा गएर आफ्नो ब्लग सुरु गर्न सकिन्छ । यी वेबसाइटहरूमा सित्तैमा आफ्नो ब्लग साइट निर्माण गर्न सकिन्छ ।
यी ब्लग साइटहरूमध्ये WordPress.com सजिलो तथा निकै प्रख्यात पनि छ | Wordpressमा आफ्नो ब्लग सुरु गर्नका निम्ति सुरुमा एउटा account खोल्नुपर्छ । यसरी नयाँ account सुरु गर्दा तपाईंले आफ्नो ब्लगको शीर्षक पनि दिनुपर्ने हुन्छ । account बनिसकेपछि तपाईंले ब्लग लेख्न सुरु गर्न सक्नुहुन्छ । त्यस्तै अर्को ब्लग साइट blogger.com पनि अचेल निकै प्रचलित हँुदै गएको छ । blogger.com फाइदा के छ भने यसमा ब्लग लेख्नको लागि यदि तपाईंसँग Gmail  ठेगाना छ भने त्यसैको प्रयोग गर्न सक्नुहुन्छ ।
कुनै पनि ब्लगलाई डिजाइनिङ र त्यसलाई सम्पादितजस्ता कामहरू गर्न ब्लगिङअन्तर्गत पर्दछ । ब्लगिङ शब्द वेब र ब्लगको कम्बिनेसनबाट बनेको हो । ७ डिसेम्बर १९९७ मा डेब वाइनरले स्त्रिलप्टिङ न्युज नामक वेबसाइटबाट सुरु गरेको व्लगिङको अवधारणा अहिले व्यापक बन्दै गइरहेको छ । ब्लग एउटा यस्तो माध्यम बनेको छ, जसमा मानिस आफ्नो लेख्ने शौख पूरा गर्न सक्छन्, जसमा अरुले चाहेअनुसार त्यसलाई सुधार गरेर लेख्न पनि सकिन्छ । त्यसलाई मेटाउन र कमेन्ट गर्न पनि सकिन्छ । त्यस्तै ब्लग तपाईं wikia बाट पनि बनाउन सक्नुहुन्छ । www.wikia.org मा  गएर पनि ब्लग सुरु गर्न सक्नुहुन्छ । यसको ब्लगिङ wordpress/ blogger.com  भन्दा केही फरक छ ।
यदि तपाईं पनि आफ्नो प्रसिद्धि कमाउन ब्लगको प्रयोग गर्न चाहनुहुन्छ भने विभिन्न वेबसाइट लगअन गरेर पढ्न सक्नुहुन्छ ।
1 (1)
www.internetevolution.com
त्यस्तै तपार्इंलाई भिडियो ब्लगिङतर्फ रुचि छ भने विभिन्न वेबसाइटमा गएर भिडियो अपलोड गर्न सक्नहुन्छ । यस्ता वेबसाइटमा राख्नुभएको भिडियो विश्वका करोडौं मानिसले हेर्नेछन्, जसले जीवनमा अघि बढाउन पनि सहयोग गर्दछ । त्यस्ता वेबसाइटहरूमा

www.filmmaker.com आदि हुन् ।
ब्लग अहिले आफ्नो आवाज सर्वसाधारण पुर्‍याउन सबैभन्दा छिटो तथा सशक्त माध्यम भएको छ । आफूलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ । ब्लगको अझ रमाइलो कुरा के छ भने आफूले लेखेको ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्त हुने गर्दछ । अझ धेरैले  Google Adsense जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन् । यति धेरै रमाइलो ब्लगिङको दुनियाँमा आजै किन नछिर्ने त ?

आफ्नो ल्यापटपको battery लामो समय सम्म टिकाउनको लागि केही टिप्स


१) धेरै जसो ल्यापटपहरुमा स्क्रिनको लाईट डिम गर्ने सुबिधा रहेको हुन्छ, यदि तपाईंको ल्यापटपमा यो सुबिधा छ र आफ्नो ल्यापटपको battery लाई लामो समय टिकाउन चाहनु हुन्छ भने स्क्रिनलाई डिम गरेर राख्नुहोस् ।
२) ITunes, डेस्क्टप सर्च जस्ता प्रोग्रामले CPU को लोड बढाउने काम गर्छ जसको कारण battery धेरै खपत हुन्छ त्यसैले यदि तपाईं battery मा काम गर्दै हुनु हुन्छ भने यस्ता प्रोग्रामहरु सके सम्म नचलाउनुहोस् ।
३) USB डिभाइस, WiFi आदीले पनि battery धेरै खपत गरी रहेका हुन्छन त्यसैले यदि यि प्रोग्रामको प्रयोग भई रहेको छैन भने यसलाई हटाएर शटडाउन गरेर राख्ने गर्नुहोस् । यदि तपाईं आईपड लाई ल्यापटपबाट charge गर्दै हुनुहुन्छ भने battery को life प्रभाबित हुन्छ यो कुरा याद राख्नुहोस् ।
४) सि.डि वा डि.भि.डि ल्यापटपमा जब प्रयोग गर्नु हुन्छ तब धेरै power खपत हुने गर्छ । यदि तपाईंले यसको प्रयोग गर्नु भएको छैन तर सि.डि रोम मा सि.डि राखी नै राख्नु भएको छ भने पनि power खपत भई नै रहेको हुन्छ त्यसैले रोम भित्र सि.डि राखीनराख्नुहोस् ।
५) battery को मेटल connect बेला बेलामा सफा गरीरहनु होस् , लगभग १ / १ महिनामा , यसले battery बाट power ट्रान्स्फर रामो सँग हुन्छ ।
६) battery लाई एक पल्ट फुल charge गरीसकेपछि त्यसलाई लामो समय सम्म use नगरिकन छाड्ने नगरनुहोस्, एक पल्ट चार्ज गरी सके पछि कमसेकम हप्तामा १ चोटि भए पनि use गर्ने गर्नुहोस् । त्यस्तै battery लाई लामो समय सम्म discharge पनि छोड्ने नगरनुहोस् ।
७) ल्यापटपलाई स्ट्यान्डबाइ mode मा हैन हाइबर्नेट mode मा राख्ने गर्नुहोस् । ल्यापटपलाई स्ट्यान्डबाइ mode मा राख्दा power त बच्छ तर हाइबर्नेटमा जस्तो बच्दैन ।
८) यदि तपाईं battery बाट ल्यापटपमा काम गर्दै हुनु हुन्छ भने एक पटकमा एउटै मात्र काम गर्ने गर्नुहोस् , तपाईं कुनै काम गर्दै हुनु हुँदैछ त्यही बेला गीत पनि सुन्दै हुनु हुँदैछ र आफ्नो ईमेल पनि चेक गर्दै हुनु हुँदैछ भने यो याद राखुहोस् कि तपाईंले आफ्नो battery लाई ज्यादा भार दिदै हुनु हुँदैछ ।
९) यदि तपाईं ल्यापटपमा game खेल्दै हुनुहुन्छ त्यसमाथी सि.डि रोममा सि.डि राखेर भने तपाईंको battery धेरै बेर सम्म टिक्ने वाला छैन ।
१०) त्यसो त आजकाल नयाँ नयाँ टेक्नोलोजी आउँदै छ त्यस्तै नयाँ नयाँ battery हरु पनि , दिन भरी टिक्ने battery हरु पनि उपलब्ध भईसकेका छन त्यसैले नयाँ ल्यापटप किन्दै हुनु हुन्छ भने यो कुराको पनि याद राख्नुहोस् ।

Apple को iTunes Store, App Store, iBookstore र Mac App Store account क्रेडिट कार्डको इन्फर्मेसन बिना फ्रीमा बनाउने तरिका


जब तपाईं Apple को सर्भिसहरु जस्तै: Apple Online Store अथवा registering your product online प्रयोग गर्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई Apple ID को जरुरत पर्दछ । यसको लागि तपाईंले Apple मा आफ्नो account रजिस्टर गर्नु पर्ने हुन्छ । तपाईंले रजिस्टर गर्नु भएको ID बाट apple को सबै सेवाहरु जस्तै: iTunes, the Mac App Store, iCloud, iMessage, FaceTime, Game Center र यो बाहेक पनि धेरै प्रयोग गर्न सक्नु हुन्छ ।  
यदि तपाईंले सिधै Apple ID बनाउन खोज्नु भयो भने त्यहा आफ्नो क्रेडिट कार्डको इन्फर्मेसन पनि राख्नु पर्ने हुन्छ जुन तपाईंले कुनै Apps खरिद गर्न चाहनु हुँदा प्रयोगमा आउछ । क्रेडिट कार्डको डिटेल इन्फर्मेसन नराखी तपाईंको ID तयार हुँदैन ।
तर तपाईंलाई कुनै Apps खरिद गर्नु छैन र फ्रीमा उपलब्ध Apps हरु मात्र download गरेर चलाऊन चाहनु हुन्छ भने तलको तरिका अनुसार ID register गर्न सक्नु हुन्छ ।
१। सर्वप्रथम iTunes सफ्टवएर डाउनलोड गरेर install गर्नुहोस् ।
Download गर्न यहाँ क्लिक गर्नुहोस् )
२। नयाँ iTunes उपलब्ध छ भने update गर्नुहोस् ।
३।  Install भईसकेपछि iTunes खोल्नुहोस् र दाँयातिर कुनामा भएको iTunes Store बक्समा क्लिक गर्नुहोस् ।
४। अब दाँयातिरको list लाई Scroll गर्दै जानुहोस् त्यहा तल Top Free Apps Catagory मध्य कुनै एउटामा क्लिक गर्नुहोस् ।


५। अब Free बक्समा क्लिक गर्नुहोस् नयाँ popup विन्डो खुल्नेछ त्यहा Create Apple ID मा क्लिक गर्नुहोस् ।
६। Welcome to the iTunes Store विन्डो खुल्नेछ , Continue बक्समा क्लिक गर्नुहोस् ।



७। terms and conditions मा tick लगाउनुहोस् र Agree बक्समा क्लिक गर्नुहोस् ।
८। अब आफ्नो personal information भर्नुहोस् र Continue गर्नुहोस् ।
९। अब जरुरी कुरा select a payment method मा None छन्नुहोस् र आफ्नो नाम र Address भरी Create Apple ID बक्स मा क्लिक गर्नुहोस् ।
यसरी तपाईंको Apple ID अब तयार भयो अब तपाईंले यो ID प्रयोग गरेर फ्रीमा उपलब्ध कुनै पनि Apps, Games आदि download गरेर चलाऊन सक्नु हुनेछ ।

जय ईन्टरनेट ! जय युट्युब !!

ईन्टरनेट र युट्युबलाइ तपाई केबल मनोरन्जनको भण्डार मात्रै सोच्नुहुन्छ भने त्यो गलत हुन सक्छ। मनोरञ्जन बाहेक बिभिन्न किसिमका सूचना र सहायता समेत तपाइले यसबाट पाउन सक्नुहुन्छ ।
Marc Stephens नाम भएका एकजना बेलायती नागरीकले केबल ईन्टरनेट र युट्ययबको भिडियोको मद्दतले आफ्नै घरमा नया जिवनको स्वागत गर्न सफलता पाएकाछन । यसभन्दा अघि पनि अरु तीन जना सन्तानका माता पिता भईसकेका जो, र मार्कको यो कथाले अहिले संसारभरको पत्र-पत्रिका र ईन्टरनेटका पन्नाहरु भरिएकाछन ।
समाचार अनुसार गत मार्च २१ का दिन, अनुमानीत समय भन्दा करिब ३ हप्ता अगाडि नै जोलाई प्रसव पिडाको पहिलो अनूभव भयो । रातको करीब २ बजेतीर पिडा शुरु भएपछि मार्कले नजिकको अस्पतालमा फोन गरे, तर तत्काल कोहि midwives (धाई ?) उपलब्ध नभएको बताईएपछि यी दम्पतीले घरमै बच्चा जन्माउने बिचार गरे।
ईन्टरनेट भिडियो कै मद्दतबाट गिटार बजाउन र रुबिक क्युब मिलाउन सिकेका मार्कलाई अचानक ईन्टरनेटमै सहायता खोज्ने बिचार सुझ्यो र उनले गुगलको सहारा लीए । करिब एक घण्टा जत्तीको खोजमा नै उनले How to Deliver a Baby in a Taxi Cab र आर्को “This is how you give birth” र अन्य केहि DIY (Do It Yourself ) क्लिपहरु हेरे।
यी सबै भिडियोहरुका सहायताका कारण, घरमै बिना कुनै स्वास्थ सहायक, स्वस्थ बच्चा जन्माउन सफल भए ती दम्पती। साधारण महिलाहरुलाई भन्दा कम समय प्रसबव पिडा हुने मानीएकी जोको घरमा स्वास्थ सहायकहरु पुग्दा तीनले ईन्टरनेट भिडियोको सहायतामा आफैं एउटा नया ५ पाउण्ड तौल भएको बालकलाई आफ्नो परिबारमा स्वागत गरीसकेका थिए र आमा तथा बच्चा दुबै स्वस्थ थीए ।
यति मात्रै हैन बालककी आमा जोले पहिलो तीन पटक भन्दा यस पटक सजीलोसंग बच्चा जन्मेको र कम पिडा झेल्नु परको पनि बताईन ।
सुरक्षीत तरीकाले जन्म दिने जानकारी दिने युट्युबका केहि भिडियोहरु यहाँ छन ।
तपाई आफैं गर्नुहोस वा Do It Yourself का भिडियोहरु भने यहाँ छन ।

जय ईन्टरनेट ! जय युट्युब !!