Blogger Widgets Blogspot Tutorial

Friday, February 27, 2015

अब जापान पनि रु ५०००० मा जान पाइने भयो!!-फिलिप कंडेल

काठमाडौं : जापानले आफ्नो मुलुकमा लगेर तालिम नदिई सीधा उद्योगधन्दामा काम गर्न पाउने गरी पूर्णकालीन नेपाली कामदार लिने भएको छ। अहिलेसम्म प्रशिक्षार्थी कामदारमात्र लिँदै आएको जापानले नेपाल सरकारको अनुरोधपछि पूर्णकालीन कामदार लिने भएको हो। 
प्रशिक्षार्थीका रूपमा गएका कामदारले जापानमा तालिमसँगै काम गर्नुपर्ने हुन्छ। औद्योगिक प्रशिक्षार्थीले पाउने तलबसुविधा न्यून छ। तर, कामदारका रूपमा गएकाले पाउने तलब तथा सुविधा बढी हुन्छ।
श्रम बजार प्रवद्र्धन गर्न श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको नेतृत्वमा केही दिनअघि जापान गएको नेपाली टोलीलाई जापान सरकारले प्रशिक्षार्थीसँगै पूर्णकालीन कामदार पनि लिने आश्वासन दिएको हो। नेपाली टोली स्वदेश फर्किसकेको छ। 
टोलीमा श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटी, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेलगायत सहभागी थिए।
सचिव शिवाकोटीले जापानले अबदेखि प्रशिक्षार्थीसहित पूर्णकालीन कामदार पनि लिने जानकारी दिए। सन् २०१६ देखि कामदार पठाउन सुरु गरिने उनले बताए। 
२०२० मा जापानमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना हुने भएकाले त्यसका लागि नेपाली कामदार लिन जापान तयार भएको हो। जापानले विशेषगरी निर्माण क्षेत्रमा नेपाली कामदार लिनेछ।
केही वर्षअघि जापानमा आएको सुनामी र भूकम्पका कारण त्यहाँ पूर्वाधार क्षेत्रमा धेरै नोक्सान भएको छ। यसको पुनर्निर्माण तथा ओलम्पिक खेल आयोजनाको तयारीका लागि जापानलाई हजारौंको संख्यामा विदेशी कामदारको खाँचो छ। 
आफ्नो देशमा दक्ष तथा अर्धदक्ष कामदार रहेकाले नेपाललाई प्राथमिकता दिन यहाँको सरकारले आग्रह गरेको हो। 'त्यसमा जापान सरकार पनि निकै सकारात्मक भयो', सचिव शिवाकोटीले भने। जापानले नेपाली कामदार लिने भने पनि संख्या भने निर्धारण गरेको छैन, आवश्यकताअनुसार लिनेछ।
हाल नेपालले जापान अन्तर्राष्ट्रिय तालिम समन्वय संस्था (जिट्को) मार्फत कामदार पठाउँदै आएको छ। यसरी जानेले जापानमा गएर तालिम लिने र औद्योगिक प्रशिक्षार्थीका रूपमा काम गर्नुपर्छ। जान जापानी भाषा सिक्नुपर्छ। 
प्रशिक्षार्थी कामदारले अहिले मासिक न्यूनतम ५० हजार रुपैयाँ कमाइरहेका छन्। पूर्णकालीन कामदारको कमाइ प्रशिक्षार्थीको तुलनामा दोब्बर बढी हुनेछ।
यसबाहेक नेपालका उद्योग प्रतिष्ठानमा काम गरिरहेको हुनुपर्ने नियम छ। प्रशिक्षार्थी कामदारसँग म्यानपावर कम्पनीले ५० हजार रुपैयाँभन्दा बढी शुल्क लिन पाउँदैनन्। प्रशिक्षार्थी कामदार तीन वर्षसम्म जापानमा बस्न पाउँछन्। 
त्यहाँबाट फर्किएर आएपछि पुन: नेपालका उद्योग प्रतिष्ठानमा काम गर्नुपर्छ। तर, यहाँबाटै पूरा समय काम गर्न भनेर पठाइने कामदारले भने यो प्रक्रिया पूरा गर्नुपर्दैन।
पूरा समय काम गर्न पाउने कामदारको कमाइ दोब्बर बढी हुनेछ। अहिले प्रशिक्षार्थी कामदारले मासिक न्यूनतम ५० हजार रुपैयाँ कमाइरहेका छन्। जापानले औद्योगिक प्रशिक्षार्थीका रूपमा गएका कामदारको पनि तलबसुविधा बढाउने आश्वासन दिएको छ। नेपालले औद्योगिक प्रशिक्षार्थी कामदारको तलब बढाउन आग्रह गर्दै आएको छ।
सरकारले म्यानपावर कम्पनीमार्फत नै जापानमा कामदार पठाउनेछ। म्यानपावर कम्पनीले भने जाने कामदारसँग लिन पाउने शुल्क निकै कम भएको भन्दै कामदार पठाउन चासो दिएका छैनन्। जापानसम्म गएर बजार प्रवर्द्धन गर्न लाखौं रुपैयाँ खर्च लाग्छ।
सरकारले तोकेको ५० हजार रुपैयाँमा कुनै पनि हालतमा कामदार पठाउन नसकिने म्यानपावर सञ्चालकको दाबी छ। 'मलेसिया जाने कामदारसँग ८० हजार रुपैयाँ लिने छुट दिइएको छ। त्यहाँ खासै बजार पनि प्रवद्र्धन गर्नुपर्दैन। तर, जापानमा जम्मा ५० हजार रुपैयाँमा कामदार पठाउन किन टाउको दुखाउने?', एक म्यानपावर व्यवसायीले अन्नपूर्णसँग भने।
जापानमा पूर्वाधारका अतिरिक्त होटेल, पर्यटन, कृषिलगायतका क्षेत्रमा नेपालीले काम गरिरहेका छन्। हाल जापानमा झन्डै १० हजार नेपाली कामदार छन्। पछिल्लो समय विद्यार्थी भिसामा जापान जानेको संख्या पनि बढ्दो क्रममा छ। मानवअधिकारको ग्यारेन्टी, खाडी र मलेसियाका तुलनामा काम गर्न सजिलो हुने भएकाले सरकारले जापानमा बजार प्रवर्द्धन गर्न खोजेको हो।
- See more at: http://annapurnapost.com/News.aspx/story/8025#sthash.ed5u4owT.dpuf

स्वार्थी मायालुको प्रेम

यो स्वार्थी संसारमा आफुलाई मात्रै किन घात भए जस्तो लाग्छ | किन किन चोट पर्दा आफुलाई मात्रै परे जस्तो लाग्छ | कत्रो बोझ खसे जस्तो लाग्छ उठ्नै नसक्ने गरि, के खस्यो यो कोमल तालु माथि ? कति सकोस यी बिचारहरु एउटा टाउको अनि त्यहाँ भित्र भएका दुइवटा दिमागले, खुशी त सबैले बाडीचुडी लिन्छन तर दुख? अह कोहि लिन मान्दैन | किन मानुन् पनि, म नै भए पनि स्वीकार गर्दिन थिए | कसैको खुशीमा हास्न सक्छु म पनि तर दुख पर्दा दुखी हुने रितिरिवाज जन्मैदेखि चलिआएन | हुन त समाजले नै अस्वीकारेको चलन म कसरी स्वीकार्न सक्छु र ? जीवन निरन्तर बगी रहेन क्रममा एक अनायासै घटना घट्न पो पुगेछ, जहाँ म चुर्लुम डुबेछु, निसासीन पुगेछु, स्वाछ हावाको त आशा पनि छैन | कता कता हलचल गर्दा म निसासीनबाट मुक्त भए | हुन पनि हो, कुनै पशुलाई मानिस जस्तो बोल्न सक्ने बनाउनु मेरो प्रयास ठुलो गल्ति थियो | पशु आखिर पशुमै सिमित हुदोरहेछ | भनौ एउटा गाईलाई एकपटक अर्काको बाली चोरेर खाने बनि भैसकेपछि त्यस गाईलाई त्यो बलि नचोरी चित्त नबुझ्ने रहेछ | एक पटक अर्काको भावना माथि गहिरो ठेस पुर्याउनेछ मानिसलाई के थाहा, भवनको कदर गर्नुपर्छ भन्ने, पटक पटक प्रहार गर्छ जहाँ ऊ आनन्दको सास फेर्न पुग्छ | मानिस भए पो थाहा हुन्छ उसलाई अर्काको विश्वासलाई विश्वासघात गर्दा मन कति टुक्रामा टुक्रिन पुग्छ भनेर त्यो एउटा सिसाको गिलास फुटेर चक्नाचुर हुन्छ र मानिसले त्यस टुक्रेको गिलासलाई जोड्न खोज्नु कति सम्मको मुर्खता होला | त्यस्तै त्यो कोमल मनलाई पनि टुक्रा-टुक्रा परेर जोड्न खोज्नु, “कालिदास” महामुर्खमा गनिन्थ्ये, रुखको  टुप्पोमा बसेर फेद ढाले जस्तै त्यो टुक्रेको मनलाई जोड्नु महामुर्खाता बाहेक अरु केहि छैन | कति मुर्ख बन्दा रहेछन त्यो अर्काको शारीरिक मायामा फसेपछि, म कल्पना पनि गर्न सक्दिन कि जीवनमा यस्तो मोड पनि आउदो रहेछ | जिउदो लास भएर बाच्नु पर्ने दिन पनि आउदो रहेछ, जहाँ मान्छेको सास त छ तर सास संरक्षण गर्न संरक्षक नै नभए पछी | कति विश्वास गर्छन है मानिसहरु त्यो बनावटी मायामा; त्यो स्वाछ, निस्वार्थ अनि पबित्र मायालाई माटोमुनी गाडेर त्यही माटो माथि हिड्दाको मज्जा त अर्कै आउछ नी हैन ? सायद त्यस्तो आनन्द त स्वर्गको राजा इन्द्रलाई पनि थिएन होला | हुन त सत्यकुरा जहिले तितो नै हुने गर्दछ | जहाँ असल मानिसको बास हुछ त्यहाँ कुनै विकास, उन्नति र प्रगति हुदैन रे २१ओं सताब्दीका भलादमीहरु बस्दछन् त्यहाँ अनेकौं विकास, उन्नति र प्रगति निश्चिय हुन्छ रे | के यी कुराहरु सत्य हुन् ? याद बोकेर पागल हुदै सज्जन हुदै; आफै बिस पिउदै बैधकोमा जादै उपचार गर्दै निको हुनु बाहेक यो जीवनमा अरु विकल्प के नै होला र ? के गर्नु हजुर २१ओं सताब्दीका भलादमीहरु चालचलन, ब्यवाहार, माया गर्ने तरिका अनि अरुको मुटुमा छुरा खोप्ने रोपेर आफु स्वच्छ हावामा आनन्दसंग निदाउनेहरु यस्तै हुदा रहेछन | राम्रा भनिएका भलादमीहरु यस्ता रहेछन यस्तो मानिसले अरुलाई चोट दिएर आनन्द लिदा रहेछन | हुन त जिन्दगी भनेको सुख र दुखको मेल भन्छन | जीवनमा दुख आएन भने के जिन्दगी र ? जीवनमा चोट आएन भने के जिन्दगी र ? जीवनमा आशु पाएन भने के जिन्दगी र ? मानिसले दुख पाएन भने अर्काको भावना कसरी बुझ्ने ? कसरी अर्काको भावनाको कदर गर्ने ?सम्मान  गर्ने ? कि ऊ जहिले अर्काको दुखमा रमाउन सकोस अनि आनन्दको सास फेर्न सकोस | यो जिन्दगीमा यी भलादमीहरु भन्छु किन तिमिहरुको सोच यति निच भएको के तिमिहरुले अरुको भावना बुझ्न सक्दैनौ | हे भलादमीहरु हो शारीरिक मायामा नफस समयले तिमीहरुलाई छिटै घात गर्ने छ | अनि बुझ अरुको मायालाई | भनेर त क लाग्ला र तिमीहरुलाई, अचेलक भलादमीहरुको मुखमा राम-राम बगलीमा छुरा हुन्छ |

के यस्तै हुन्छ माया ?

जिन्दगीमा पीडाहारु पनि असहिय पाइदो रहेछ | आफ्नै मन, मस्तिष्क अनि आफ्नो सरिरले थाम्न नसक्ने गरि पनि | कहिले आफ्नो रगतको नाताले पनि घात गर्छन त कहिले रगतको नाताभन्दा बाहिरको मानिसले नै | झन् जोडेका नाता तोड्नेहरुले त मुटुमा बज्रपातनै खसाउछन् | लाग्छ घरि-घरि संसारको कुनै मानिस भन्ने प्राणीसंगको नाता सधै सधैको लागि त्यगी दिऊ तर फेरी सोच्छु, अह हुदैन मैले छोटो बुद्धि गर्नु हुदैन | जिन्दगीमा यति घात, पीडा अनि आशु नपाए के जिन्दगी र ? सधै सधै खुशी हासो र मोजमस्तीमा रमाउने मानिसलाई के थाहा दुख, पीडा अनि धोकाको अनुभूति | जब तिनीहरुलाई दुख पर्छ, त्यतिखेर उनीहरु बाच्न सक्दैनन् र आत्महत्या गर्न पनि पछी पर्दैनन् | दुख पाई राख्नेहरुलाई मर्न भन्दा बाच्न ग्राहो हुन्छ | यो कुरा सत्य नै हो मानब जीवनको मरण एक दिन निश्चित छ तर मानिसहरु किन स्वार्थी बन्दै गइरहेका छन् | जाबो एक गास मिठो खान र एक सरो राम्रो लाउनलाई किन यत्रो इनाम चुकाइ रहेका छन् | धन, रुप, मोज, मस्ती, यी सब के हो ? यति हो जिन्दगी ? अहिलेको समयमा मानिसहरुलाई किन साचो मायाको खाचो छैन | किन पबित्र मायालाई माटो मुनि लत्याएर हिड्छन् | हुनत अचानोको पीडा खुकुरीलाई कहाँ थाहा हुन्छ र | यो युग नै स्वार्थी युग भएपछी यहाँ पाप, धर्म, माया, घ्रीणा, जन्म, मृत्यु त सामान्य नै भइसक्यो | आफ्नो मानो भर्न पाए पछी कसलाई कस्को वास्ता छ र ? …………………
ती गहिरा चोटहरुले पोल्ने मुटु पनि दबाएर हिड्नुपर्छ जिन्दगीको गोरेटोमा अनि मात्र जिउन सकिन्छ | नभए खाली पिडा, घात अनि छलकपट मात्रै पाइन्छ | माया भन्ने चिज पनि कस्तो कसैलाई मिलन रे कसैलाई बिछोड | मिलन हुन्छ आजकलको मायामा, कसैलाई धन, सम्पति अनि रुपको कारणले अनि बिछोड हुन्छ यसकारण मायामा….. धन नभएर, रुप नभएर अनि मायाको मुल्य नबुझेर | मार्छ मायाले मान्छेलाई मार्छ, खरानी पार्छ | नझरेको पात पनि रुखबाट झर्दिन्छ अनि उडाएर लान्छ खोजेर पनि भेट्न गाह्रो छ, यो माया भन्ने शब्द | माया पीडा हो ? माया मानिसलाई पशु बनाउने तरिका हो ? कि माया त्याग हो ? जे भएपनि अरुको मनलाई टुक्रा-टुक्रा पारेर बाच्ने मानिस सयौ सयौ वर्ष बाच्छन् भन्ने छैन |

मेरो प्रेम अधुरो

हामी च्याटमा रमाउथियौ | सुरु-सुरुमा मिठा-मिठा कुराहरु त्यसपछि माया पिरती कुरा गर्थियौ | यस्ता यस्ता बात गर्दै समयहरु बिताउ थियौ | यो लामो रातको समय पनि कति थोरै लग्थियो | जब बिहान हुन्थियो लागि रहन्थियो कहिले साझ हुन्छ अनि फेरी त्यो च्याट गर्ने समयको आउछ भनि, साझको पर्खाइमा मेरा हरेक दिन बित्न थाल्यो | उनको आइडी कति खेर अनलाइन आउछ भन्दै म बेला बेलामा हेरी रहन्थिये | जब ढिलो हुन्थियो मनमा अनेक किसिमका भावनाहरु खेलिहल्थियो, के भयो होला, किन ढिलो गरेको होला, कतै केहि त भएन तर मेरा यस्तो सोचइलाई, उनको “हाइ”ले भंग गरिदिन्थियो | अनि आउथियो मेरा रमाइला पलका क्षणहरु, सुरु हुन्थियो मायाका कुराहरु, महान् जोडीहरुका प्रेम कथाहरु | म मेरो घर परिवार, मेरा बा आमा सबैलाई बिर्सिन्थ्ये, यति मात्रै नभएर धेरै पल्ट खाना खान पनि बिर्सिन्थिए | सोच्थे माया नै हो सबैथोक, सबैकुरा र यसलाई कसैले रोक्न सक्दैन | तर मलाई सबैभन्दा ठुलो डर थियो कतै उनले मलाई छोडेर जाने हुन् कि भनेर, किनभने उनलाई मैले चिनेको त्यै च्याटबाट थियो | साथीहरु भन्थे च्याटमा चिनेकोलाई विश्वास नगर धोका होला तर म यस्ता कुरालाई सुने पनि नसुनेको झैँ एक कानले सुनेर अर्को कानले उडाइ दिन्थे | प्रेममा एक किसिमको शक्ति हुन्छ, यस्तै यस्तै सोचेर मेरा मनका भावनाहरुलाई शान्त पार्थे | यो मेरो पहिलो प्रेम थियो | म मेरो मायालाई सुमधुर बनाउन अनेक प्रयत्न गर्थे | हाम्रो प्रेममा टुसा पलाउदैथियो, अब म मुना पलाउने आपेक्षामा थिए, यस्तै सोचाइमा मेरा हर दिन हर रात बित्न थाले | प्रेममा गोडमेल, मलजल गर्थे | उनी टाढा थिइन्, सोच्थे समय आए पछी भेट हुन्छ होला | मैले सुनेको थिए “Patience is the great virtue of love” धैर्यता नै मायाको प्रतिक हो भनेर | मन बहकिने गर्दथियो कता-कता टाढा पुग्थियो | त्यसैले त्यो दिन आउने पर्खाइमा तड्पिन थाले | भबिष्यको कुरा सोच्न पुग्थे | मेरो सोचाइ कहाँ सम्म थियो भने, मेरो प्रेम सफल हुन्छ अनि यो सफल प्रेमलाई सुमधुर सम्बन्धमा जोड्ने छु | उनिलाई सधैको लागि आफ्नो बनाउछु तर अचानक एकदिन उनि च्याटमा आइनन् | सोचे कतै विशेष कम पर्यो होला | भोलि आउछिन अनि सोध्छु भन्दै त्यो रात चित्त बुझाएर सुते | अर्को दिन पनि उनि आइनन् | मन छातपट्टि भयो | निन्द्रा लागेन, किन लागोस पनि जानी नजानी प्रेममा बाधिएको यो मन अनि त्यै पनि पहिलो प्रेम कहाँ चित्त बुझाउन सकिंदो रैछ र ? जति निदाउन प्रयत्न गरे पनि नसक्दा त्यो रात म सँग हरेर बिहान भै सकेको थियो | त्यसदिन मलाई निक्कै दिक्क लगेको थियो, आफ्नो जिउ आफैलाई भारी भएर आएको थियो | त्यसै-त्यसै गीतहरुको धुनमा आफुलाई कल्पनामा डुबाएर बिताउन थाले | साझ पर्दैथियो म अनलाइन गएर उनि आउने प्रतिक्षामा बसिरहेको थिए तर साझ सकिएर रात ढल्कदै थियो | अह ! उनि आइनन्, रुन मन लाग्यो मन भित्र आशु झरिसकेको थियो तर आखामा दर्साउन भने सकिन | अफलाइन म्यासेज पठाए, च्याट छोडेर नम्वर डायल गरे तर फोन अफ थियो | धेरै पल्ट प्रयास गरे तर लागेन | त्यो नम्वरमा सन्देश पठाए, उतर आउला कि भन्दै मोबाइल बारम्बार हेरे | बेट्री सकिएको छ कि भन्दै हेरे, छैन | मनमनै रिस उठ्यो उनिसँग अनि भगवानसँग, किन यत्रो संसारमा भगवानले मलाई मात्रै तड्पाएको होला भन्दै भगवानप्रति असाध्यै रिस उठ्यो | ४ दिन बिती सक्यो | के छ कसो छ केहि थाहा थिएन | पाचौ दिन उनि अनलाइन आइन् | मनमा रिसको आवेग थियो तर त्यो भन्दा धेरै माया थियो अनि सोधे किन यस्तो गरेको तिमीले न अनलाइन आउछौ न सन्देशको उतर छ, के भयो ? उनको च्याट गर्ने शैली हल्का परिवर्तन थियो, निरास र रुन्चे इमोमा म बिरामी छु भनिन् | मलाई एकदम निरास लाग्यो अनि डर पनि | रिसको बेलामा पठाको सन्देश र अफलाइन सन्देशको याद आयो बेकारमा गाली गरेछु | यस्तो भए पछी एकछिन मात्र च्याट गरेर उनि आराम गर्न जान्छु भन्दै गइन् | धेरै दिन अनलाइन आइनन्, धेरै डर लाग्यो कतै केहि त भएन अनि अर्को मनले सोचे केहि हुन्न ठिक भए पछी आउछिन् | तर धेरै दिन नआएपछी मैले खोजि गरे | उनको साथीलाई च्याटमा भेटे र उनलाई सोधे के भयो तिम्रो साथीलाई अनलाइन आउदिनन् त ? उनले भनिन्, “ए, त्यो त अर्को आइडी चलाउछे र उसको अर्को प्रेमी छ, तिमि पनि उसको प्रेमी हो ? हा हा हा त्यसले तिमीलाई फसाएछ, तिमि जस्ता २-३ जना केटा छन् | त्यो केटि एकदम फटाहा छे |” यस्तो सुन्दा म छानाबाट खसे जस्तो भए | म सोच्न पनि सक्दिन त्यो पल, मेरा आशु कति झरे होला ? कसैलाई नदेख्दै विश्वास गरेर ठुलो गल्ति गरेछु | असहिय पीडा भयो | त्यसबेला मलाई मेरो जिन्दगी न निल्नु न् ओकल्नु भए थियो |
अहिले सोच्छु कसैलाई मनैदेखी नै विश्वास गर्दा घात पाइदो रहेछ | साच्चै नै हो रहेछ “अन्त्यहरु सुरुवात भन्दा धेरै असजिलो हुदो रहेछ |” सुरु गर्दा थोरै बुझेको थिए तर मैले अन्त्यमा घात पाए पछि धेरै कुरा बुझे | धेरै सोच्छु अनि यो मस्तिस्कमा बारम्बार एउटा वाक्य याद आउछ “असल हुदा मुल्य चुकाउनु पर्दो रहेछ |” यस्तै-यस्तै गर्दै मेरा विरक्तिएका दिनहरु बिती रहेका थिए | यो संसारमा घातमा पर्ने संख्यामा मेरो नाम थपिएको थियो | एबम् प्रकारले मेरा दिनहरु बित्दै थिए, सम्झनाहरुले पोलेको छातीमा मलम ल्याउने कोशिश गरिरहेको थिए | सोचे भगवानले मलाई एउटा गलत मान्छेबाट छुटाएका हुन् | अथवा मेरो यो सिधा बाटोमा घुमेको बाटोको प्रवेश भयो | मैले आफैलाई समाल्नु पर्छ | साथीहरुको आट भरोसामा फेरी मैले मेरो अर्को जीवन पाए जस्तो लाग्छ | कसैले मलाई भनेको थियो “कोहिसँग केहि हुदैन, त्यो एउटा भ्रममात्र हो रे” यो वाक्य अहिले मेरो लागि सही साबित भएको छ | मेरो सोच सबै भ्रम रहेछ | उसलाई पाउनु मेरो सपना रहेछ |
यस्तै गरेर मेरो मनलाई भुलाउन च्याट मै रमाउन थाले | च्याट मार्फत धेरै साथीहरु बनाए, अनि मेरो कुराहरु सुनाउ थिए, मेरा मनका पीडाहरु हल्का हुन्थियो | अनि त्यस्तै च्याट गर्दै जादा एकदिन एकजना केटिसँग परिचय भयो | च्याट गर्दै जादा उनको बारे सोधे | उनको घर त मेरो गाउभन्दा पल्लो गाउमा रहेछ | मैले चिनेको रहेनछु | च्याटकै क्रममा उनि र म मिल्ने साथी भयौ | म उनको कुराहरु एकदमै सकारात्मक भेट्थे | उनको सोच एकदमै राम्रो थियो त्यसअर्थमा पनि म उनि प्रति आकर्षित हुदैथिए | हाम्रो मित्रता सुमधुर हुदैथियो | उनि र म यति नजिक भयौ कि त्यो मित्रता कति खेर मायामा परिणत भयो पत्तो भएन | कसैले प्रेम प्रस्ताब नराखी नै मायामा थियौ हामी | तर उनको बारे बुझ्दै जादा मलाई खिन्न लाग्यो, उनि म भन्दा उमेरले ३ वर्ष ठुली रहेछिन, अनि म भन्दा दुई कक्षामाथि पढदि रहेछिन | तर म सोच्थे माया अन्धो हुन्, न मायाले जात हेर्छ, न त उमेर नै | यही सोचेर मैले त्यो सम्बन्ध अगाडी बढाउदै थिए तर मलाई डर थियो यो समाजको, के भन्ने हो ?, अनि मेरो परिवारको ? मैले यस्तो गर्दा के होला ? मेरो बेइज्जत त हुन्छ तर मेरो परिवारको झन् बेइज्जत हुन्छ | आखिर मैले पनि त आफ्नो स्वार्थ मात्रै हेरेर भएन | परिवारमा बसेपछि मेरा बा, आमाका कुरा अथवा इज्जत बचाउनु पर्छ | त्यसकारण मैले त्यो मायालाई साथि मै फेरी लग्ने प्रयास गरे | मैले उनीलाई त भनिन तर म आफै उनिबाट टाढा हुन थाले | म च्याटमा त्यति जान छोडे | कहिले काही जान्थे | अहिले पनि जान्छु | के छ, कसो छ ? त्यति मै च्याट सिमित हुन्छ | उनि र म अहिले पनि राम्रो साथी छौ र खुशी पनि लाग्छ किनकि उनीलाई मैले सुरुमै धोका भन्ने चिजबाट बन्चित गरे, सुरुमै आफैलाई बुझाउन सके अनि उनको जीवनसँग खेलबाड गरिन |
कसैलाई चायर पनि पाइएन, कसैलाई पाएर पनि चाईएन | धिक्कार छ मेरो यो बिवास्ताको जिन्दगीदेखि | यो समाजको परिधिदेखि, कसैलाई मनबाट चाहेर पनि पाउन ग्राहो छ, कसैलाई यही समाजको कारणले गुमाउनु पर्दो रहेछ | आखिर यो समाज के गर्दा खुशी हुन्छ ? अरुको मन छिया-छिया भएर तड्पीएको हेर्दा खुशी हुन्छ कि अरुको दुख वेदनामा रमाउने हुन्छ ? बैशमा मातिएर ठिटाहरुसँग लठिएर हिड्दा पचाउने यो समाज, आफु भन्दा उमेरमा परिपक्कतासंगको चोखो सम्बन्धलाई नपचाउने यो समाज कस्तो समाज ?