Blogger Widgets Blogspot Tutorial

Saturday, May 17, 2014

म को हुँ?

‘खोइ!’ ….. को हो को?
यसको कुनै उत्तर छ जस्तो त मलाइ लाग्दैन तर पनि यसो सोच्ने प्रयास गर्छु मेरो बिशेष कुनै परिचय छ कि!
मेरो नाम फिलिप  - यो त मेरो मात्र होइन क्या रे, जस्को  पनि त  हुन सक्छ नि। यो संसारमा  फिलिप नाम गरेका कति होलान कति ! सम्झिन सजिलो हुन्छ भनेर कुनै एक नाम दिएको होला, त्यसमा कुनै बिशेष “म” पक्कै लुकेको छैन ।
मेरो जागीर – यो पनि मेरो पहिचान हुनै सक्दैन – त्यो मेरो पदमा हिजो अर्कै थियो, भोलि अर्कै आउने छ । क्षणिक परिचय दिएर के गर्ने ? भोलि बिहान उठ्दा जागिर छुट्ला, अनि झुटो बोल्यो भन्नुहोला फेरि ।
मेरो शैक्षिक योग्यता – त्यस्ता डिग्री  सर्टिफिकेट पनि त लाखौँसंग होला । अब डिग्रीलाइ कसरि मेरो परिचय हो भन्नु?
तस्विरमा देखिएको मान्छे – त्यो पनि कहिले कस्तो, कहिले कस्तो देखिन्छ । अनि आजकलका तस्बिरको के कुरा गर्नु? कम्प्युटरले गर्दा सबै ब्राड पिट । कहिले त आफैले आफैलाई चिन्न गार्हो पर्छ ।
मेरो सोचं – त्यो पनि बिहान खुशीको बहार हुन्छ, साझं दुखको बर्षा । कहिलेकाहिँ त एक दिन एउटा ब्लग लेखेर पोस्ट गर्छु अनि अर्को दिन ‘धत् त्यस्तो किन सोचेछु’  भनेर दंग हुन्छु - त्यस्तो सोचको के बिश्वास गर्नु ? मैले नै बिश्वास नगरेपछि तपाइँले त गर्ने कुरै भएन ।
त्यसो भए म को त?
सिधा उत्तर – अहिले सम्म त्यहीं चिन्ने प्रयास गर्दै छु ।
यसलाई सरल तरिकाले भन्नु पर्दा……..  ’म साधारण मान्छे । होइन क्या रे, केहि असाधारण गुणहरु पनि छन् ।’  राम्रा कि नराम्रा ? – त्यो त भन्न सक्दिन, तर ति अलि फरक छन् अरु भन्दा | तर, ति पनि परिवर्तनशिल छन, समय संगै, अनि परिस्थिति संगै |
सबैले भन्ने गरे जस्तै ‘म एक नेपाली, देशप्रेमी युवा’….. ए, त्यो पनि अलि मिलेन जस्तो छ, म अहिले   नेपालमा छु, तर नेपाल बाहिर गइ केहि गर्न चाहन्छु  ,त्यो भानीरहन नमिल्ला । अनि  देश प्रेम??… कस्तो गर्हुङ्गो शब्द, मैले बोक्न सक्छु होला? ….  सोच्नै पर्छ । कुनै दिन उत्तर निस्कियो भने भन्छु है ।
जन्मिसकेपछि  केहि चाँही  गर्नु पर्छ है भन्ने सोचं  भने पक्कै छ ।  आफ्नो लागि? ‘होइन’ ………. बाँच्न  त कमिला पनि बाँचेको छ  नि – ‘अरुका लागि’।
हामीले देख्ने हरेक  चीजको कुनै न कुनै अर्थ छ, दिन चर्यामा केहि न केहि रुपमा ति सबै काममा आएकै हुन्छन । आएनन भने हामी के गर्छौं,…… त्यो मैले भन्नु नपर्ला । भोलि बिहान नगरपालिकाको जिम्मामा ।
भन्नाले – ‘मेरो पनि केहि अर्थ होला, म पनि केहि कामलाग्ने चिज बन्न चाहन्छु भनेको ।’
‘मलाई नगरपालिकाको व्यवस्थापन मन पर्दैन’, त्यसैले ? – ‘खोइ!’
एउटा नाम त सानैदेखि पाएको छु – फिलिप । जस्को अर्थ पनि राम्रो छ – बहादुर आलेक जेंदर को पिता, येसु को चेला, त्यस्तै त्यस्तै ।
तर मेरो जीवनको अर्थ? – ‘त्यो खोज्दै छु ।’ जीवनको अर्थ भेटिदैन…..  त्यो सबलाई थाहा छ । तर खोजीरहेको छु, सायद  खोज्नु नै अर्थ पाउनु हो – त्यसैले खोजीरहने छु ।
अब गफ बढी भो, आफैलाई झ्याउ लागि सक्यो । पढ्ने मान्छेलाइ कति दिक्क लाग्या होला ! कतिले “तँ, जोसुकै होस्” भनेर कम्प्युटर नै बन्द पनि गर्नु भयो होला । फेरि कम्प्युटर भने कि क्या हो … कम्प्युटर नै त होइन होला, मेरो साइट मात्र होला नि ।
अब सिधा-सिधा नाम, थर, ठेगाना, काम गर्ने ठाउँ, मोबाइल नम्बर सब दिन्छु है ।
‘ए…… मोबाइल पनि दिन्छु भने कि क्या हो?’ दिन्न भो – राती-राती मिसकल आयो भने निद्रा बिग्रन्छ, ….. अनि भोलि अफिसमा दिनभर झुल्नु पर्छ  । बरु इमेल गर्नुस है, भोलि बिहान उठेर रिप्लाई गर्छु नि |
म लगभग दिनको 3 घण्टा जति कम्प्युटर मै बिताउछु ।म गोर्खा को सानो पुस्तक पसलमा सेल्स म्यान को रुप मा आबद्ध  छु । अनि फुर्सदको समयमा आइटी सम्बन्धि लेख/ब्लग लेख्छु । मेरा लेखहरु पढ्नु मन लाग्यो भने नेपालको साइबर संचार, लिभिङ्ग विथ आइसीटी ma नियमित पढ्न सक्नुहुने छ । र साथै अन्य केहि अनलाइन ब्लग, र मेरो पर्सनल ब्लगमा पनि लेखिराखेको हुन्छु ।
 सिधा कुरा – स्वस्थ रहन ।
अरु खासै केहि गर्दिन । फुर्सद भयो कि वेब सर्फ गर्छु, किताब पढ्छु , केहि लेक्छु । यति मै रमाएको छु । अलि लामो बिदा भो भने घुम्न निस्कन्छु ।
मेरो बारेमा अरु थप जान्न मन लागे मलाइ सोसियल मिडियामा फलो गर्न सक्नुहुन्छ, वा सिधै philipkandel@ymail.com मा इमेल पनि गर्न सक्नुहुन्छ । केहि सार्वजनिक रुपमै सोध्न मिल्ने प्रश्न छन् भने यहि कमेन्ट बक्समा लेखे पनि फरक नपर्ला ।

हरेक दिन एक नयाँ जीवन

Life is beautifulजीवनमा हरेक मान्छेको आ-आफ्नै सपना हुन्छ । कोहि शहरको बिचमा एउटा घर ठडाउन चाहलान् । कोहि भएको घरमा तल्ला थप्न खोज्लान् । कोहि नयाँ गाडी । कोहि ठुलो कम्पनीमा जागिर । कोहि प्रोमोसन । विदेश । पैसा । यस्तै अनगिन्ती सपनाहरु । एक पटक मात्र पाइने जिन्दगीमा हरेकले सपना देख्नु पर्छ ।
सपनाको कुनै सिमितता छैन । केटाकेटी छँदा साइकल चढेको सपना देखिन्थ्यो । तन्नेरीमा बाइक । उमेर ढल्दै जाँदा गाडी । थाहा छैन ति भौतिक आकांक्षा मात्र थिए या सपना । जे होस् सपना हरु परिवर्तनशील छन । मान्छे सपना नदेखी बसिरहन सक्दैन । एउटा पुरा हुन नपाउंदै अर्को सपना देख्छ । त्यसैले त मानिसलाई प्रगतिशील प्राणीको रुपमा अघि बढाई रहन्छ । र जीवनको यात्रा अविरल चलिरहन्छ ।
प्राय मान्छेका सपनाहरु भौतिक हुन्छन् । अनि सपनाका बीच पनि प्रतिस्प्रधा हुन्छन् ।
छिमेकीको भन्दा अग्लो घर । ठुलो गाडी । त्यस्तै । त्यस्तै ।
यी परिवर्तित र असिमित सपनाहरुको भिडमा मेरा पनि सपनाहरु छन् । अहिलेको अवस्थासम्म जीवन र संसार बुझ्नु र देख्नु एक उद्देश्य छ ।
हरेक मान्छेमा केहि न केहि प्रतिभा लुकेको हुन्छ । त्यसलाई खोतल्न जीवनलाइ एक प्रयोगशाला बनाउनु पर्दो रहेछ । मेरो बिचारमा अध्यन र अनुभव त्यस प्रयोगशालाका प्रमुख शस्त्र हुन् ।
नयाँ-नयाँ सिपको बिकाश गर्नु, अरुका अनुभवहरुको अध्यन गर्नु र नयाँ ठाउँ, भाषा, संस्कृतिको अवलोकन गर्नु केहि त्यसका हिस्सा हुन् ।
जीवनलाई एक यात्राको रुपमा स्वीकार गर्नु पनि एउटा च्यालेन्ज हो । हामी प्राय जीवनलाइ स्थिर बनाइदिञ्छौ र एउटै ठाउँमा हराइदिन्छौ । त्यहिँ ९-५ को जिन्दगी, दैनिक त्यहि बाटो, त्यहिँ काम, त्यहिँ पेशा, त्यहि नाम, त्यहीँ ठेगाना । हरेक कुरा यथास्थिति । अनि कसरि फरक परिणामको आशा राख्न सकिन्छ र?
हाम्रो ब्रेनले मेमोरी इन्कोडिंगको आधारमा रिट्राइभ गर्छ  । दैनिक गतिविधिको आधारमा नयाँ इन्फर्मेसन स्टोर गर्छ । त्यसलाई अन्कन्सियस माइन्डमा राक्छ र  चाहिएको बेला कन्सियस माइन्डमा लिएर आउछ । यदि हामीले नयाँ कुराको अनुभव र नयाँ गल्तिहरु गर्दैनौ भने ब्रेनको बिकासमा पनि रोकावट आउछ ।  उहिँ कुरा बारबार रजिस्टर गर्न ब्रेन असमर्थ हुन्छ । र जसले सोच पनि संकुचित हुदैं जान्छ । नयाँ कुरा सिक्ने, नयाँ बानीको बिकास गर्ने ब्रेनको जुन हिस्सा छ त्यो पनि शिथिल हुदै जान्छ । अनि मान्छेले आफु बुढो भएको अनुभव गर्दै जान्छ । मान्छे बुढो हुनु उमेरको कुरा होइन, सोच हो । नयाँ कुराहरुलाइ स्वीकार गर्न नसक्नु बुढ्यौलीलाइ निम्तो गर्नु हो ।
जब ब्रेनको फन्सन शिथिल रहन्छ तब उसका निर्णय र गतिबिधिहरु पनि संकुचित हुन्छ । साना-साना समस्याहरु, झैँ-झगडा, मनमुटाब, तितो-मिठो जस्ता जीवनका तुच्छ कुराहरुमा मान्छे अल्झिन थाल्छ र रिस, राग, क्रोध, द्वेष, डाह जस्ता कुराहरुको बिकाश गर्छ ।
सोच खुल्ला हुनु पर्छ । धर्म, संस्कृति, जातभात, भौगोलिक परिधि, भाषा, भेषहरुमा सिमित हुनु हुदैन् । संसार ठुलो छ । सुन्दर छ । हरेक ठाउँमा मान्छेका आफ्नै चालचलन, रितिरिवाज, परम्पराहरु छन् । र हरेक मान्छे त्यसमै खुशी छ । मात्र खुल्ला सोचले हेर्न सक्नुपर्छ, संसार अति सुन्दर छ । प्रकृति मनोरम छ ।
संसार मात्र सुन्दर छ । नराम्रो त संकुचित सोच मात्र हो । जब मान्छेको सोच संकुचित हुन्छ तब निर्णायक बन्छ । आफु संग भएको सूचना र ज्ञानको आधारमा उसले सहि र गलत छुट्टयाउछ । राम्रो, नराम्रो, सहि, गलत सबै सापेक्षिक कुरा हुन् । परिस्थितिका कुरा हुन् । समयका फरक आयामका फरक पाटाहरु हुन् । सिमित श्रोत र सोचका परिणाम हुन् । सहि र गलत मात्र एक भ्रम हुन् । कुवाभित्रबाट संसार अँध्यारो देख्नु जस्तै ।
बुझ्नु छ कुवा बाहिर संसार ठुलो छ । देख्नु छ संसार बिशाल छ । सुन्दर छ । उज्यालो छ । चम्किलो छ ।
जीवन उज्यालोको खोजीको यो एक यात्रा हो । बनाउनु छ यसलाई एक अझ रंगिन यात्रा । उदार दिलको एक समुन्द्र ।
तोड्नु छ संकुचित सोचको घेरा । यो सामाजिक परिधि ।
जिउनु छ वर्तमानमा । र बनाउनु छ हरेक दिन एक नयाँ जीवन ।

संसारका उत्कृष्ट १० महँगा सेलफोनहरु

vrteu2
काठमाडौ। संचारको सबैभन्दा महत्वपूर्ण आधार बनेको छ अहिले सेलफोनहरु। एउटा कुनामा बसेर विश्वभरी संचार गर्न यसले नै सम्भव बनाएको छ। सेलफोन नबोक्नेहरु पनि अहिले विरलै पाइन्छ भन्दा फरक नपर्ला। त्यसैले हामीले यसपाली विश्वका उत्कृष्ट १० मह“गा सेलफोनहरुको विषयमा जानकारी दिने प्रयास गरेका छौ।
१०. नोकिया लाम्बोर्गिनी ८८०० सिरोको
उत्कृष्ट १० को १० औ नम्बरमा पर्छ यो सेलफोन। नोकिया ८८०० ‘साइनी स्लाइडर’ फोनको यो पछिल्लो उत्पादन हो ।Nokia 8800 Sirocco Air Lamborgini 01पछिल्लो समय यो लामबोर्गिनी शैलीमा विशेष एडिसनसहित आएको छ। यसको बनावट अघिल्ला मोडयुलहरु जस्तै नै रहेको बताइएको छ । उत्पादकहरु यसको मूल्य घोषणा गरिसकेका छैन् । यद्यपी यसको मूल्य महंगो नै हुने अड्कलवाजी प्रविधीको बजारमा भइसकेको छ।
९.गोल्ड एडिसन नोकिया ८८००-२७०० यूएस डलर
यो पनि नोकियाकै उत्पादन हो। नोकियाको गोल्ड एडिसनमा पर्ने यसले ‘टप टेन रेंकिगं लिस्ट’ मा उत्कृष्ट नौं को स्थान लिन सफल भएको छ । यसको बजार मूल्य २७०० युएस डलर रहेको छ।nokiya_gold_editionयसको ‘स्पेसिफिकेशन’ को कुरा गर्नुपर्दा यसमा ६२,००० कलर्स, ५ मेगापिक्सेल क्यामेरा , एमपीथ्री प्लेयर, एफएम रेडियो, भिडियो रेकडिङ र विभिन्न फिचरसहित टिएफटी डिस्प्ले रहेको छ।
८. मोटोरोला भी २२० स्पेशल एडिसन : ५१,८०० यूएस डलर
 उत्कृष्ट १० मध्ये आठौ सूचीमा माटोरोलो भी २२० नै पर्छ जसलाई अष्ट्रीयन डिजाइनर पिटर एलोइजनले १२ सय डायमोण्डले सजाई १८ क्यारट सुनसहित किबोर्ड जोडेर स्ट्यान्डर्ड मोटोरोला बनाएका थिए ।motorolav220
त्यसपछि यसको मूल्य बजारमा ५१ हजार ८ सय यूएसडलर रहेको छ । यो सेलफोन फुटबलर र चलचित्र स्टारहरुको लागी उपयूक्त हुने बताइन्छ ।
७. भर्टु डायमोण्ड: ८८,३०० यूएस डलर
यो पनि एउटा चर्चित र महंगो सेलफोनकै सूचीमा पर्छ। चार १८ क्यारट सेतो र पंहेलो गोल्ड मोडयूल्ससहित आएको यस सेलफोन प्लेटिनमद्धारा बनेको हो।
vertu_daimondयो शिलास्तरका डायमण्डहरुद्धारा ‘इम्बेड’ भएर मात्र दर्जाका लागी बनेका छन्। यसको मूल्य बजारमा ८८ हजार ३ सय यूएस पर्न जान्छ।
६. आइफोन प्रिन्सेस प्लस: १७६,४०० यूएस डलर
यो आइफोनले सर्फेसमा ३१८ डायमोण्डमध्ये १३८लाई प्रिन्सेस कट प्रयोग गरेपछि यसको नामाकरण प्रिन्सेस प्लस भएको बताइन्छ। अन्य १ सय ८० डायमोण्ड भने ब्रिलियण्ट कट रहेको बताइन्छ।iphone_pricess_plus
समग्रमा फोनमा १८ के ह्वाइड गोल्डसहित १७.७५ क्यारट डायमोण्ड सेट रहेको बताइन्छ। यसको मूल्य बजारमा १ लाख ७६ हजार ४ सय यूएस डलर रहेको छ।
५. भिआइपीएन ब्लाक डायमोण्ड स्मार्टफोन  ३ लाख यूएस डलर
यो स्मार्टफोन पनि उत्कृष्ट पाँचमा पर्छ। यसलाई जरेन गोले डिजाइन गरेका थिए र यसको मूल्य ३ लाख यूएसडलर रहेको छ । यो मोबाइलको शरिर पोलिकार्बोनेट र टाइटनद्धारा बनेको छ।VIPN_black_diamond
यो माबाइलमा इन्टेल४०० मेघाहर्ज प्रोसेसर, २५६ टिएफटी स्क्रीन र ४ मेघापिक्सेल क्यामेरा रहेको छ । यो मोबाइललाई निकै नै आकर्षक मोबाइल मानिएको छ ।
४. भर्टु सिग्नेचर कोब्रा: ३ लाख १० हजार यूएसडलर
उत्कृष्ट १० महंगा मोबाइलहरु उत्कृष्ट चारमा परेको छ यो मोबाइल। यो थोरै भर्सन क्रिएसन हो र यसलाई फ्रेन्चका ज्वेलर बौचरनले बनाएका हुन्।virtu_signature_COBRA
यो फोनको सर्फेसलाई ४३९ रबीज, दुई पन्ना, २के मोती र कर्ट डायमण्डहरुको प्रयोगले अझ राम्रो सजाइएको छ  । अहिले यसको बजार मूल्य ३ लाख १० हजार यूएस डलर रहेको छ।
३. डायमण्ड क्रिप्टो स्मार्टफोन : १.३ मिलियन यूएस डलर
महंगो मोबाइलको सूचीमध्ये अब हामी मिलियन डलर पर्ने मोबाइलहरुमा प्रवेश गरिसकेका छौ। यसकै उत्कृष्ट तीनमा पर्छ डायमण्ड क्रिप्टो स्मार्टफोन जसलाई बजारमा १.३ मिलीयन डलर पर्ने गर्छ।diamond_scripto
५० वटा डायमण्ड जोडेर बनेको यस स्मार्टफोनलाई पिटर एलोइजनले डिजाइन गरेका हुन् भने रसियन फर्मले उत्पादन गरेको हो । यो स्मार्टफोनमा वर्ड क्लास टेक्नोलोजीकल सेक्यूरिटी जडान गरिएको छ।
२. गोल्डभिस ले मिलियन :१.३ मिलीयन यूएस डलर
यो पनि अत्याधिक महंगो मूल्यको सेलफोन हो। यो मास्टरपिस सेलफोन पनि हो। यो मोबाइल अनुरोधमा मात्र बनाइने गरिन्छ ।goldvish-le-million2यो फोन एकसय वटा मात्र बनेको बताइन्छ । यसलाई पनि १.३ मिलीयन यूएस डलर पर्छ।
१. गोल्ड स्ट्राइकर आइफोन थ्रिजीएस सूप्रिम ३.२ मिलीयन यूएस डलर
फोन र भिडियो ग्यामको दुनियामा चर्चित नाम हो स्टर्ट हगेस जो मोबाइलको विश्वव्यापी गोल्ड स्ट्राइकर भनेर चिनिन्छ। उनले नै यो आइफोनको डिजाइन गरेको बताइन्छ। आइफोनमा गोल्ड र डायमोण्ड लगाएर ‘सूप्रिम’ उपचार दिने काम उसले नै गरेका हुन्।Goldstriker-iPhone-3GS-Supreme
यस आइफोनका फिचरहरु पनि सूप्रिमनै छन् जसमा २७१ ग्रामको सोलिड २२ के गोल्ड र ५३ वान क्यारट डायमण्ड स्क्रीनका लागी प्रयोग भएको छ। यसलाई बजारमा ३.२ मिलीयन यूएस डलर मूल्य पर्ने गर्छ। त्यसैले अहिलेसम्मकै महंगो सेलफोनको सूचीमा छ।