Blogger Widgets Blogspot Tutorial

Friday, May 16, 2014

भाइबरपछि अब वि-च्याटको चर्चा

Philip kandel 

wechat_feature
तपाई आफ्नो साथीभाई, आफन्तहरुसँग कम्युनिकेट गर्न कुनै न कुनै एप्सहरु प्रयोग गरिरहनु भएको हन्छ। यसका साथै का लागि थुप्रै स्मार्टफोन एप्सहरु बनिसकेका छन् र केहि निकै चल्तीका पनि छन्। प्रमुख चल्तीका एप्सहरु भाइबर, स्काईप, व्हाट्स एपहरु नै हुन् र यिनका आ­आफ्नै विशेषताहरु छन्। कुनैमा निशुल्क मेसेज पठाउन मिल्ने, कुनैमा निशुल्क फोन गर्न मिल्ने त कुनैमा दुवै गर्न मिल्ने बिशेषताहरु छन्। यी सबै बिशेषताहरु र थप नयाँ बिशेषताहरुकासाथ एप स्टोरमा वि­च्याटले तिन सय मिलियन जति युजरहरु बटुलिसकेको छ।
wechat
यो एप्समा थुप्रै राम्रा र रोचक फिचरहरु समावेश गरेको छ र एकैछिन यी फिचरहरुको बारेमा केहि जानकारी लिऔ न।
१. लाइभ च्याट
प्राय सबै यस प्रकारको एप्सहरुमा यो फिचर भएपनि यसमा भने अलि भित्र किसिमको फिचर राखेको छ। लाईभ च्याटमा मेसेजिंङ च्याटको सुबिधा त छदैछ, यसका अलाबा लाइभ भ्वाइस च्याटको पनि सुबिधा रहेको छ। त्यहाँ रहेको () चिन्हमा टच गरि लाईभ च्याट सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ। अब त्यहाँ रहेको ठुलो गोलो आकारको चिन्हमा टच गरि इन्डिकेटरको लाइट हरियो भए पछि भ्वाइस मेसेज छोड्न सकिन्छ। लाईभ च्याटमा रहेका सदस्यहरुले तुरुन्त त्यो भ्वाइस मेसेज पाउछन। यो प्रव्रिmयामा वकि­टकि जस्तै एकचोटीमा एकजना मात्रै बोल्न पाउछन।
२. भिडिओ कल
यो फिचर इस्काईप र भाइबरको जस्तै यसमा पनि रहेको छ। यसमा पनि () चिन्हमा टच गरि भिडिओ कल सेलेक्ट गरि साथीहरुलाई इन्भाइट गर्नुपर्ने हुन्छ। कलको दौरान भिडिओ बाट अडियोमा पनि सुइच गर्न मिल्छ।
३. मोमेन्ट्स
यो फिचर फेसबुकसंग मिल्दो जुल्दो रहेको छ। एप्समा रहेको ‘सोसियल’ ट्याबमा टच गरि ‘मोमेन्ट्स’ सेलेक्ट गर्नु पर्ने हुन्छ्र क्यामराको लोगोमा क्लिक गरि आप्mना फोटोहरुलाई सेयर गर्न सकिन्छ । फोटोमा कमेन्ट गर्न, लाईक गर्न र कमेन्ट रिप्लाई गर्न पनि मिल्छ।
४. ग्रूप च्याट
एक जनासंग मात्रै च्याट गर्दा दिक्क लागेमा ग्रूप च्याट पनि गर्न मिल्छ। क­कसलाई एड गर्नु पर्ने हो, सेलेक्ट गरेर इन्भाइट गर्नु पर्ने हुन्छ। ग्रूप च्याटमा अर्को सजिलो इन्भाइट गर्ने तरिका पनि रहेको छ। एप्समा रहेको  लोगोमा टच गरेर ग्रूप च्याट किउ­आर कोड (QR Code) सेलेक्ट गरेर जेनेरेट भएको कोड्लाई सेयर गर्नु पर्ने हुन्छ। त्यो कोड जसले वि­च्याटबाट स्क्यान गर्छ, ऊ मात्रै ग्रूप च्याट गर्न पाउछ।
५. शेक
यो अलि रोचक तरिकाको फिचर रहेको छ। ‘सोसियल’ मा टच गरेर शेक” सेलेक्ट गर्नु पर्ने हुन्छ। यसका लागी लोकेसन सर्भिस लाई आफ्नो फोनमा इनेबल गर्नु पर्ने हुन्छ। अब आप्mनो फोनलाई हल्लाउनुहोस (शेक गर्नुहोस) र तपाइँ संगसगै जो जो युजरहरुले आफ्नो फोन हल्लाइरहेका हुन्छन् उनीहरुको लिस्ट तपाइको फोनमा डिस्प्ले हुन्छ। अब तिनीहरुलाई ग्रिटिंग पठाउनुहोस र साथि बनाउनुहोस।
६. च्याट हिस्ट्री ब्याकअप
आफ्नो च्याटको हिस्ट्रीहरुलाई ब्याकअप गर्न मिल्ने सुबिधा पनि रहेको छ र तर उक्त हिस्ट्री भने सात दिन सम्म मात्र रहन्छ र यो फिचर चाहीएमा सेटिंग” >> ”जनरल” >> च्याट हिस्ट्री ब्याकअप” मा गएर आफुलाई चाहिएको कन्भर्सेसन सेलेक्ट गरि ब्याकअप गर्न मिल्छ।
अरु पनि थुप्रै फिचरहरु यसमा रहेको छ। उक्त फिचरहरुको उपयोग गर्न भने आफ्नो मोबाइलमा वि­च्याट इन्स्टल गर्नु पर्ने हुन्छ। यो चाइनाका डेभेलोपरहरुले बनाएको एप्स भने बिबाधमा पनि तानिएको छ। केहि समय आगाडी यो कम्पनीले केहि चाइनिज संबेदनशिल शब्दहरुलाई सेन्सर गरेपछि यो बिबाधमा तानिएको हो । यसको अर्थ यो कम्पनीले युजरहरुको मेसेज र डाटालाइ सजिलै एक्सेस गर्न सक्छ। यहि कारणले गर्दा अमेरिका र अरु देशका प्रमुखहरुले यो एप्सले राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भन्दै बिरोध पनि गरिरहेका छन्।  हालसालै भारतको इन्टिलिजेन्स ब्युरोले पनि यो एप्सलाई आप्mनो देशमा रोक लगाउनु पर्ने माग सरकारसंग प्रस्तुत गरेको छन्।
जे जस्तो भए पनि यो एप्सको फिचर भने सर्बोत्कृस्ट रहेको छ र यो एप्सलाई ट्वीटर, फेसबुक, इन्स्टाग्राम, स्काईप, भाइबर, व्हाट्स एप, वकि­टकीहरुको प्mयुजन पनि भत्र सकिन्छ।

No comments:

Post a Comment