Blogger Widgets Blogspot Tutorial

Saturday, February 14, 2015

नेपालमा नया नेपाली ब्राण्डको स्मार्टफोन सार्वजनिक


मोवाइल फोनको प्रतिस्प्रधामा अर्को ठुलो औद्यौगिक घरनाको संलग्नतामा नया नेपाली arc2ब्राण्डको मोवाइल सार्वजनिक भएको छ । गोल्छा अर्जनाइजेशनभित्रको हिम इलेक्ट्रोनिक्सले शुक्रवार होटल ह्यातमा एक भब्य कार्यक्रम आयोजना गरि आर्क(acr नामक स्मार्टफोन सार्वजनिक भएको हो ।
साचो नेपाली ब्राण्डको रुपमा यो स्मार्टफोन नेपालीहरुमाझ स्थापित हुने हिम इलेक्ट्रोनिक्सका प्रवन्ध निर्देशक शेखर गोल्छाले कार्यक्रममा बताए । नेपालमा ७० वटा मोवाइल ब्राण्ड बजारमा रहेको र ७१ औ ब्राण्डको रुपमा सार्वजनिक भएको आर्क चाडै नम्बर १ ब्राण्ड हुने उनले दाबि गरे । नेपालको सबैभन्दा ठुलो औद्योगिक घरनाको रुपमा रहेको गोल्छा अर्गनाइजेसन भित्रको हिम इलेक्ट्रोनिक्सले सामसुङ, हिमस्टार, बजाज बाइक, टाइमेक्स घडि लगायतका ब्राण्डको बिक्री वितरण गर्दै आइरहेको छ । हिम इलेक्ट्रोनिक्सले सार्वजनिक गरेको यो मोवाइल कम्पनीको नै पहिलो मोवाइल ब्राण्ड हो ।
आर्क नाम दिइएको यस स्मार्टफोनका ३ सेरिजका ६ वटा मोडलहरु कार्यक्रममा सार्वजनिक गरिएको छ । arc A5HD, arc Icon र  arc Storm सेरिजमा स्मार्टफोनहरु सार्वजनिक भएका छन । कार्यक्रममा स्मार्टफोनको मुल्य सार्वजनिक नगरिएपनि सार्वजनिक भएका मोडलहरु ६ हजारदेखि १८ हजारसम्मको रेन्जका रहेको जानकारी प्राप्त भएको छ । यि स्मार्टफोनहरु देशभरका हिम इarc1लेक्ट्रोनिक्सका डिलरहरुबाट बिक्री हुनेछ । कम्पनीले तत्काल १३ प्रमुख स्थानमा सर्भिस सेन्टर सुरु गर्ने र ६ महिनाभित्रमा ६० स्थानमा सर्भिस सेन्टर सुरु हुने कम्पनीका जनरल म्यानेजर प्रभाकर शम्शेर थापाले कार्यक्रममा जानकारी दिए ।

यस्तो छ स्मार्टफोन

र्साजनिक गरिएको स्मार्टफोनहरुमध्ये सबैभन्दा हाइ कन्फ्युगुरेशनको मोडल EDGE A5HD रहेको छ । यसमा ५ इन्चको एचडी डिस्प्ले रहेको छ । १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर रहेको यसमा १३ मेगापिक्सलको फ्रन्ट र ३ मेगापिक्सलको रियर क्यामरा रहेको छ । ड्युल सिम र थ्रीजी सपोर्ट गर्ने यस स्मार्टफोनमा १ जीबी र्याम र ८ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ । यसमा २००० एमएचको ब्याट्री रहेको छ । यसको मुल्य सार्वजनिक नगरिएपनि रु १८ हजारसम्म उपलब्ध हुने जानकारी पाप्त भएको छ । यो संगै अरु ५ मोडलका स्मार्टफोन केहि दिनमै बजारमा उपलब्ध हुने छ |

No comments:

Post a Comment