Blogger Widgets Blogspot Tutorial

Thursday, May 22, 2014

फेसबुकले हटायो पोक र क्यामेरा

facebook.comफेसबुक चलाउँदा तपाइले साथीलाई कहिल्यै पोक गर्नुभएको छ ? या फेसबुकले दिएको क्यामेरा एपबाट धेरैफोटो एक पटक क्लिक गरेर प्रोफाइल अपलोड गर्नुभएको छ ? यदि याे सुविधा लिइरहनु भएकाे थियाे भने फेसबुकले यी एपहरु एपस्टोरबाट हटाइदिएको छ । फेसबुकले यी एप हटाउनुमा स्पष्ट कारण देखाएको छैन । तर प्रयोगकर्ताले खासै मन पराउन नसकेकाले एपस्टोरबाट पोक म्यासेजिङ एप र र क्यामेरा एप बन्द गर्ने घोषणा गरिएको अनुमान लगाइएको छ ।
२०१० डिसेम्बरमा पोकको एडभान्स्ड एपको रुपमा पोक आइफोन एप सुरु गरिएको थियो । पोकले युजरहरुलाई म्यासेज, पोक, फोटो र १० सेकेन्डसम्मको भिडियो साथीहरुलाई पठाउने सुविधा दिएको थियो । 
facebook.com
facebook-poke-camera
त्यसैगरी आइओएसका लागि बनाइएको क्यामेरा एप २०१२ को मे महिनामा रिलिज गरिएको थियो । जसले धेरै फोटोहरु एकैपटक खिचेर फेसबुकमा सेयर गर्ने सविधा दिएको थियो । तर आइफोन युजरले यी नयाँ एप्सलाई खासै मन पराएका देखिदैनथ्यो ।
फेसबुक अहिले एप्स मार्केटमा खासै जम्न सकिरहेको छैन । यसले बेला बेलामा लञ्च गर्ने एप्सहरु फ्लप हुँदै आएका छन् ।त्यसैले एप्स मार्केटमा टिकिरहन उसले आफ्ना एप क्याटलगहरुमा परिवर्तन गरिरहेको हुन्छ । उसले म्यासेन्जर, फेसबुक पेज जस्ता एप्सहरुमा बेलाबेला परिवर्तन गर्दै आएको छ । अहिले उसले फेसबुक पेपर एप शुरुवात गरेको छ केही महिनाअघि लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएप पनि किनेको थियो ।

No comments:

Post a Comment